विराटनगर- उपन्यासकार भीम कोइरालाका २ उपन्यास 'महारानी देवलदेवी' र 'उत्कर्ष अवसान' शनिबार लोकार्पण भएको छ। विराट साहित्य संगमको आयोजनामा विराटनगर-४ स्थित गोग्राहा मावि बरगाछीमा शनिबार कोइरालाका २ उपन्यास एकैसाथ लोकार्पण गरिएको हो।
साहित्यकारहरु वलराम पोखरेल, ऋतु आशिक र एकेश्वर रेग्मीले कोइरालाका कृति लोकार्पण गरेका थिए। विराट साहित्य उपन्यास महारानी देवलदेवीमाथि गायत्रीकुमार चापागाईं र उत्कर्ष अवसानमाथि वलराम पोखरेलले टिप्पणी गरेका थिए।
उपन्यास महारानी देवलदेवीमा चौधौं शताब्दीको नेपालको ऐतिहासिक, राजनैतिक घटनाक्रम उतार्न खोजिएको चापागाईंले बताए।
यस्तै उत्कर्ष अवसानमा २०५२ देखि २०७० सम्मका राजनीतिक घटनाक्रम जोडेर व्यंग्यात्मक शैलीमा कथा तयार पारिएको पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।