पोखरा- नबिल बैंकले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले प्रदेश नं ४ पोखराको मुख्य कार्यालय न्युरोड शाखासहित लेखनाथको तालचोक, बगर र अमरसिंहचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। प्रादेशिक कार्यालयको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र बैंकका सञ्चालक समिति अध्यक्ष शम्भु प्रसाद पौड्यालले संयुक्त रुपमा बैंकको उद्घाटन गरेका हुन्।
नबिल बैंकले ६२ वटा शाखा, १ सय ५ वटा एटिएम बुथबाट सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।