काठमाडौं- नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ।
आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनुपरेका तथा आर्थिक अभावले उपचार पाउनबाट jञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित समारोहमा नबिल फाउण्डेशनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवाल र प्रतिष्ठानका तर्फबाट डा. रीता गुरुङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।समझदारीपत्र अनुसार सहयोग आवश्यक रहेको भनी प्रतिष्ठानद्वारा सिफारिस गरिएका व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्न नबिल फाउण्डेशनले आर्थिक सहयोग उपलब्ध गराउनेछ। यस कार्यक्रमलाई ‘नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि’ भनिएको छ।
समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्याल, कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा दुवै संस्थाका अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।