काठमाडौं- ओम डेभलपमेन्ट बैंकले एकैदिन ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौंको गोंगबु, बानेश्वर र ललितपुरको सातदोबाटोमा शाखा सञ्चालनमा ल्याएको हो।
उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन्। साथै बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयर वितरण गरेको छ।
बैंकले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ। बैंकले ५२ वटा शाखा र ११ एटिएम काउन्टरबाट ग्राहकलाई सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।