काठमाडौं– मंगलबार राती बानेश्वरमा भएको हत्याको कारण मदिरा भएको खुलेको छ। चार जना सँगै मदिरा पिएर बसेको र विवाद भएपछि हत्या तीन जना मिलेर एक जनाको हत्या गरेको प्रहरीले जनाएको छ।
सनराइज बैंकमा काम गर्ने सर्लाहीका पुरुषोत्तम सेढाईको छुरा हानेर हत्या भएको हो। हत्यामा संलग्न तीन जनालाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ। अशोक लिम्बु, रोहित चौधरी र संजीव राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी मोहन थापाले बताए।
२१ वर्षिय सेढाई उनीसँगै बसेर कोठामा मदिरा पिएका थिए। मदिरामा मात्तिएपछि साथीहरुसँग उनको झगडा भएको थियो। त्यही क्रममा तरकारी काट्ने चक्कुले उनलाई हानेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।