काठमाडौं- नेपाल स्कटक एक्चेन्जमा एकै दिन ४ कम्पनीको सेयर सूचीकृत भएको छ।
बुधबार १ विकास बैंक, १ जलविद्युत् कम्पनी र २ लघुवित्त वित्तीय संस्थाका ७३ लाख ७७ हजार ३ सय ४२ कित्ता सेयर सूचीकृत भएको हो।
बुधबार मुक्तिनाथ विकास बैंकको ४३ लाख १९ हजार ६ सय ५ दशमलव ५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
त्यस्तै, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ लाख ८४ हजार ५ सय ९८ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको २६ लाख ४३ हजार ५ सय ३८ कित्ता हकप्रद सेयर र बोमी माइक्रोफाइनास वित्तीय संस्थाको १ लाख २९ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।