काठमाडौं– सोल्टीमोडस्थित ग्राण्ड होटलमा एक व्यक्ति मृत भेटिएका छन्।
कोठा नम्बर ३१२ मा बसेका भारत मुम्वई घर भएका ५७ वर्षीय मुकेश थोकसी सोही होटलको बाथरुममा मृत अवस्थामा फेला परेका हुन्।
मुकेश र उनका साथी ५३ वर्षीय भावेष नन्दलाल पोरेख मंगलबार बेलुका होटलमा बस्न आएको र बुधबार बिहान बाथरुममा नुहाउन गएका मुकेशले धेरै समयसम्म ढोका नखोलेकोले चाबीले ढोका खोली हेर्दा उनी मृत अबस्थामा फेला परेको हुन्। प्रहरीले पोरेखलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।