काठमाडौं- त्रिपुरेश्वरस्थित कम्पनी रजिष्टार कार्यालयभित्रै जुवा खेलिरहेका १० जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालिमाटीले कार्यालयबाट १ बुक ताससहित १० जनालाई ४७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा धर्मराज मगर, चित्रबहादुर मगर, रबिन्द्र थापा, रेवती कुमारी कार्की, प्रदीप कार्की, सन्तोष थापा, कृष्ण तामाङ, राजु मगर, सुनिल कार्की, हरिबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्क्राउ परेकामध्ये केही कर्मचारी समेत छन्। उनीहरुले तासको बाजी खेलेका थिए।
त्यस्तै जडिबुटीबाट पनि प्रहरीले ५ जुवाडेलाई पक्राउ गरेको छ। प्रेम श्रेष्ठको घरमा जुवा खेरिहेका व्यक्तिहरुलाई ६ बुक तास र ३६ हजार ७ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो।
प्क्राउ पर्नेहरुमा विजय नगरकोटी, सरोज श्रेष्ठ, सुजन खड्का, प्रकाश तामाङ र मिलन मोक्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।