रुपन्देही– घरायसी विवादमा एक व्यक्तिले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन्। सुद्वोदन गाउँपालिका–१ सिसै बस्ने ४५ वर्षीय नरेन्द्र योगीले ३५ वर्षीया श्रीमती सुनिता योगीको हत्या गरेका हुन्।
ढुंगाले लागेर गम्भीर घाइते भएकी सुनिताको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ । ढुंगा प्रहार गर्ने नरेन्द्र फरार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।