काठमाडौं- कोरिया जान चाहनेहरुका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको आवेदन आजबाट खुला भएको छ।
आवेदन अनलाइनमार्फत नै भर्ने व्यवस्था मिलाइए पनि बैंकमा पैसा जम्मा गर्ने युवाहरुको भिड बिहानैदेखि लागेको छ। आवेदकले ग्लोबल आईएमई बैंकका शाखाहरुमा शुल्क बुझाउनुपर्नेछ।
भाषा परीक्षाको आवेदन चैत १७ गतेसम्म खुला गरिएको हो। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका (२०३४ चैत १० देखि २०५६ चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले इपिएस नेपालको वेबसाइटबाट अनलाइनबाटै फाराम भर्न सक्नेछन्। आवेदन शुल्क २४ डलर तोकिएको छ। परीक्षा भने आगामी जेठ २६ र २७ गते हुनेछ।
यसपटक जम्मा ७ हजार एक सय जनाको कोटा तोकिएको छ। जसमा उत्पादनमूलक क्षेत्रमा ४ हजार ८ सय, कृषि क्षेत्रमा २ हजार ३ सय रहेको इपिएस कोरिया शाखाले जनाएको छ। काठमाडौं र पोखरामा परीक्षा केन्द्र तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।