काठमाडौं- सरसफाइको क्षेत्रमा पहिचान बनाएको अस्ट्रेलियाको सिड्नीस्थित खेम्स क्लिनिङको शाखा नेपालमा स्थापना भएको छ।
अस्ट्रेलियन सिप र प्रविधिको प्रयोग गरी नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको सरसफाइको सेवा दिने उद्देश्यका साथ कम्पनीको फ्रेन्चाइज लिइएको खेम्स क्लिनिङ नेपालका प्रबन्ध निर्देशक विश्वास अधिकारीले बताए।
एक दशकदेखि अस्ट्रेलियाको सिड्नीमा सरसफाइ कार्य गर्दै आएको कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालका विभिन्न सरकारी कार्यालय, विमानस्थल तथा अस्पतालहरुमा सेवा दिँदै आएको जनाएको छ।
‘कम्पनीले नेपालका विभिन्न क्षेत्रमा काम गरेर गुणस्तर र सिप प्रमाणित गरिसकेको छ,' उनले भने, 'अन्तर्राष्ट्रियस्तरको सरसफाइको सेवा नेपालमा पनि आवश्यक छ। त्यसैले नयाँ किसिमको स्तरीय सेवा प्रदान गर्न क्लिनिङलाई नेपाल ल्याएका हौं।’
उनका अनुसार कम्पनीले नेपालमा व्यावसायिक काम सुरु गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।