काठमाडौँ- महानगरीय प्रहरी प्रभाग नागढुंगाले ठूलो परिमाणको लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ।
प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुबाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो।
प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनारगन, ५०० एम्पुल डाइजेल्याब र २८० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको जानकारी दिए। पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।