काठमाडौं– ऊर्जामन्त्री वर्षमान पुनले एसइई परीक्षा अवधिभर लोडसेडिङ नहुने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
कक्षा १० को परीक्षा सुरु भएको अवस्थामा पठनपाठनमा समस्या हुने भन्दै उनले मुलुकभर लोडसेडिङ नहुने व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएका हुन्। ऊर्जामन्त्रीले प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई यसबारे निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
एसइईको परीक्षा आजबाट सुरु भएको छ। परीक्षामा देशभरका झन्डै ५ लाख विद्यार्थी सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।