सोल, दक्षिण कोरिया- दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको छ।
सोलस्थित एक जिल्ला अदालतले सन् २०१३ सम्म आफ्नो पाँचवर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गरेका लीलाई पक्राउ गरी छानबिनका लागि हिरासतमा राख्न आदेश गरेको हो। उनीमाथि लागेका भ्रष्टाचार आरोपहरू सबैमा आफ्नो कुनै संलग्नता नरहेको जनाएपछि अदालतको उक्त आदेश आएको हो।
लीलाई लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा तथ्यलाई नष्ट गर्न वा लुकाउन सक्ने भन्दै अदालतले पक्राउका लागि आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।