• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संक्रमणकालीन न्याय : अदालतको आदेश अनुसार ३ वर्षपछि ऐन संशोधन गर्दै सरकार

64x64
नेपाल लाइभ आइतबार, चैत १८, २०७४  ००:३४
1140x725

काठमाडौं- विगत ३ वर्षदेखि हरेक सरकारको मुख्य एजेन्डा हुँदै आएको संक्रमणकालीन न्यायका लागि सर्वोच्च अदालतको आदेश अनुसार ऐन संशोधन प्रक्रिया केपी शर्मा ओली सरकारले अन्तिम चरणमा पुर्‍याएको छ। 

महान्यायाधिवक्ता अग्नि खरेलको अगुवाइमा भइरहेको ऐन संशोधन विधेयक एक सातामा संसदमा दर्ता गर्ने तयारीसहित काम भइरहेको छ। संशोधन सर्वोच्चको २०७१ मा जारी भएको आदेश अनुसार पेश हुने खरेलको भनाइ छ। पीडितहरुको माग र अन्तर्राष्ट्रिय समुदायले राखेको चासो समेत संशोधनको आधार हुने उनले बताए। 

‘सरकारको कानुन सल्लाहकारको भूमिकामा आएपछि मैले यो विषयमा गम्भीर भएर सबै पक्षसँग छलफल गरेर संशोधनलाई अन्तिम किनारा लगाएको छु’, खरेलले भने, ‘अबको केही दिनमा ऐन संशोधनको लागि विधेयक संसद् सचिवालयमा जान्छ।’ 

विगतमा पनि यस्तै प्रयास भएको तर काम नभएको प्रश्नमा जवाफ दिँदै खरेलले  भने, ‘विगतको भन्दा परिस्थिति फेरिएको छ, यस पटक सबै पक्ष सहमत भएका छन्।’ 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका एक नेताले ऐन संशोधनको तयारी अन्तिम चरणमा रहेको स्विकारे। उनले हाल ऐनमा रहेको गम्भीर मानव अधिकार उल्लंघनका केही विषय भने संशोधन हुने बताए। 

ऐन संशोधनका लागि महान्यायाधिवक्ता खरेलले तीन पार्टीका शीर्ष नेता, द्वन्द्वपीडित परिवार, मानव अधिकारकर्मी, अन्तर्राष्ट्रिय दातृ निकायका मानिसहरुसँग समेत छलफल गरेका छन्। 

दुवै आयोगको म्याद थपका लागि यसअघि जारी भएको अध्यादेश संसदमा पेश भई स्वीकृति पाएको छ। त्यसैको प्रतिस्थापनमा विधेयकमै नयाँ संशोधन गर्ने तयारी सरकारले गरेको खरेलले बताए। 

‘ऐन संशोधन प्रक्रियामा सबै पक्ष सहमत भएकाले संसदमा दर्ता भएको विधेयकको प्रतिस्थापन विधेयकमा संशोधन थप गर्दै ऐनको रुपमा पारित हुन्छ’, खरेलले भने, ‘अहिले सबै पक्ष १० वर्षसम्म नेपालले भोगेको द्वन्द्वका अवशेषहरु अन्त्य गर्ने पक्षमा देखिएकाले यो पटक संशोधन हुनेमा ढुक्क छु।’

nimb
nimb
Ncell 2
Ncell 2

खरेलले ऐन संशोधन गरे पनि गम्भीर मानव अधिकारमा भने कुनै पनि माफी नहुने स्पष्ट पारे। 

सर्वोच्चले पीडितले हालेको मुद्दामा फैसला गर्दै ऐनका केही शब्द हटाउन भनेको थियो। गम्भीर अपराधमा माफी दिन सकिने र कम सजाय गर्न सकिने प्रावधानलाई सर्वोच्चले हटाउन भनेको थियो। सर्वोच्चले गरेको सो आदेशलाई देखाउँदै सरकारले आफूअनुकूल ऐन संशोधन तयारी गरेको हो।

गम्भीर द्वन्द्वकालीन मानव अधिकार उल्लंघनका घटनाका दोषीलाई कारबाही गर्ने पक्षमा माओवादी पनि देखिएकाले संक्रमणकालीन मुद्दा अब छिटै किनारा लाग्ने खरेलले बताए। प्रमुख विपक्षीको रुपमा रहेको नेपाली कांग्रेसले पनि ऐन संशोधनका लागि सहमति दिएको उनले बताए। 

संक्रमणकालीन कानुनले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेकोमा राष्ट्र संघले नेपालमाथि प्रश्न उठाइरहेको छ। उसले सर्वोच्चको आदेश अनुसार ऐन संशोधन नभएसम्म सहयोग नहुने बताएको थियो। राष्ट्र संघको उक्त भनाइपछि अन्य  दातृ निकायले पनि सहयोग नहुने घोषणा गरेका थिए। 

एमाले, माओवादी एकातिर, पीडित र अन्तर्राष्ट्रिय समुदायको अर्कै स्वर 

द्वन्द्वकालीन मुद्दामा सर्वोच्चको आदेशपछि एमाले र माओवादी एकातिर देखिएका छन् भने पीडितका परिवार र अन्तर्राष्ट्रिय समुदाय अर्को पक्षमा उभिँदै आएका छन्। राजनीतिक दलहरु यो कुनै द्वन्द्व नभई अधिकार प्राप्तिको लडाइँ भएकाले सोही रुपमा बुझेर सजाय हुनुपर्ने पक्षमा छन् भने पीडित र अन्तर्राष्ट्रिय समुदाय सजाय माफी हुन नहुने तर्क गर्दै आएका छन्। 

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा सबैभन्दा धेरै उजुरी सुरक्षा निकायमाथि परेको छ। दोस्रोमा दलका नेताहरु विरुद्ध परेको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पुष्पकमल दाहाल 'प्रचण्ड', शेरबहादुर देउवा विरुद्ध आयोगमा किटानी उजुरी नै परेको छ। माओवादी र कांग्रेसका अधिकांश शीर्ष नेताहरु विरुद्ध आयोगमा उजुरी छ। 

सर्वोच्चले पीडितको सहमतिबिना क्षमादान दिन नसकि, मेलमिलाप गराउन नसकिने, अदालतमा विचाराधीन मुद्दाहरु अन्यत्र सार्न नमिल्ने आदेश दिएको थियो। २०७१ सालमा सर्वोच्चले ऐनका केही दफा खारेज गर्ने र केहीमा संशोधन हुने आदेश गरेको थियो। तर, तत्कालीन समयमा उक्त फैसलाको विरुद्धमा द्वन्द्वरत पक्षमध्ये माओवादी र सुरक्षा निकाय देखिएपछि ऐन संशोधन रोकिएको थियो।

अहिलेको कानुनले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको भन्दै संयुक्त राष्ट्र संघसहितका निकायले त्यसप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरुको असन्तुष्टिपछि बढ्दो दबाव र विश्वव्यापी क्षेत्राधिकार अन्तर्गतका कानुनका कारण विदेशमा फन्दामा पर्न सक्ने डरका कारण पछिल्लो समय गैरन्यायिक हत्या, यातना, बेपत्ता पार्ने र बलात्कारका घटनामा क्षमादान दिन नमिल्ने प्रावधान राख्न मुख्य दलहरु सहमति नजिक पुगेको देखिन्छ। 

नेपाली कांग्रेसका नेता रमेश लेखक अन्तर्राष्ट्रिय चासो र चिन्ताहरुलाई सम्बोधन गरिनुपर्ने बताउँछन्। 

‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ऐन संशोधन हुनुपर्छ, सबै खालका मापदण्ड पूरा गर्नुपर्छ’, उनले भने, ‘सर्वोच्चको आदेश पनि त्यही थियो। त्यसमा हाम्रो सहमति छ।’ 

'दण्डहीनतालाई प्रश्रय'

शान्ति प्रक्रियामा मुख्य तीन काममध्ये विद्रोही सेना र हतियारको व्यवस्थापन तथा संविधान लेखन पूरा भए पनि मानव अधिकार हननका मुद्दामा दोषीहरुको छानबिन र कारबाही भने विगत आठ वर्षदेखि अलमलमै छ। केही वर्षसम्म ऐन नै निर्माण हुन सकेन भने ऐन निर्माण भई आयोग बने पनि तीन वर्षसम्म उजुरी संकलन बाहेक कुनै प्रगति हुन सकेको छैन। 

त्यस्तै, द्वन्द्वकालीन घटनाहरुबारे सत्य-तथ्य बाहिर ल्याउने, पीडितहरुलाई क्षतिपूर्ति दिने, सुरक्षा निकाय तथा न्यायिक संयन्त्रमा सुधार गर्ने एवं गम्भीर मानव अधिकार दोषीलाई कारबाही गर्ने क्षेत्रमा पनि काम हुन सकेको छैन। 

गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनमा कारबाही तथा बढीभन्दा बढी पीडितहरुलाई क्षतिपूर्ति तथा मेलमिलापतर्फ आकर्षित गर्नेगरी प्याकेज प्रस्ताव गर्न र कानुनमा संशोधन गर्न माओवादीसँग सहमति भएपछि ऐन संशोधनको निकट पुगेको महान्यायाधिवक्ता खरेलको तर्क छ।

‘मानव अधिकार र संक्रमणकालीन न्यायका निश्चित मूल्य-मान्यताहरु छन्, त्यो मान्यताभन्दा धेरै पर जान सकिँदैन’, खरेलले भने, ‘सबै पक्ष सहमत भएको यो बेला समाधान गर्न नसके यो विषय टुंगो लगाउन गाह्रो पर्छ।’ 

कतिपय द्वन्द्वकालीन मुद्दामा अदालतले दोषी ठहर गरी कारबाहीको आदेश दिएका माओवादी नेता र सुरक्षाफौजका सदस्यहरुलाई संरक्षण गरी दण्डहीनतालाई प्रश्रय दिएको आरोप द्वन्द्वकालका दुवै पक्षमाथि लाग्ने गरेको छ।

अदालतमा रहेका मुद्दा विशेष अदालतमा सारिने 

द्वन्द्वकालीन मुद्दा हेर्न विशेष अदालत गठन हुने व्यवस्था हाल कायम रहेको ऐनमै भएकाले त्यसैको आधारमा अदालतमा विचराधीन मुद्दा पनि ल्याउन सकिने महान्यायाधिवक्ता खरेलले बताए। सर्वोच्चले अदालतमा विचाराधीन मुद्दा अन्य आयोगमा लैजान नमिल्ने मात्र भनेको र अदालतबाट अदालतमै लैजान रोक नलगाएकाले यसमा समस्या नहुने उनको तर्क छ।

द्वन्द्वकालमा सरकारले दर्ता गरेका र त्यसपछि पीडित पक्षहरुले दर्ता गरेका करिब १४ सय मुद्दा हाल विभिन्न अदालतमा छन्। ५ सय मुद्दा विचाराधीन अवस्थामा छन् भने १ हजार थान मुद्दा तामेलीमा छन्। ऐन संशोधनमा दलहरु सहमत भए उक्त मुद्दालाई विशेष अदालतमा झिकाई समाधान गरिने खरेलले बताए। 

विशेष अदालतमा नियुक्त हुने न्यायाधीशहरु अदालतमै कार्यरत रहेका विषयविज्ञ हुने समेत खरेलले बताए। अन्तर्राष्ट्रिय समुदाय र पीडितहरुले समेत विशेष अदालतमा बाहिरबाट न्यायाधीश नियुक्त गर्न नहुने भन्दै आवाज उठाएका थिए। कार्यकर्ताहरु नियुक्त हुँदा न्याय दिनेभन्दा आफ्ना नेतालाई सफाइ दिनेतर्फ लाग्ने चिन्ता प्रकट भएको कुरा ख्याल गर्दै कार्यरत न्यायाधीशबाट अदालतमा न्याय सम्पादन हुने खरेलले बताए। 

२०५२ सालदेखि एक दशक चलेको द्वन्द्वकालीन मानव अधिकार हननको घटनाका दोषीलाई सजाय गर्न र समाजमा मेलमिलाप कायम गर्न सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजी गर्न बेपत्ता छानबिन आयोग गठन भएका छन्।

मेलमिलाप आयोगमा ५० हजार उजुरी दर्ता भएका छन् भने बेपत्ता आयोगमा २८ सय २३ उजुरी दर्ता छन्। ती उजुरीमा दुवै आयोगले बल्ल अनुसन्धान थालेका छन्।

प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  ००:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत
धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत शनिबार, जेठ २, २०८३
धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु शनिबार, जेठ २, २०८३
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह शनिबार, जेठ २, २०८३
नेपाल-बंगलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’ शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्