• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

'यहाँका मेडिकल कलेज गुणस्तरहीन छन् भन्ने जान्दाजान्दै नेपाली विद्यार्थी पढ्न आउनु नै गल्ती' (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ शुक्रबार, असार २२, २०७५  १३:२४
1140x725

ढाका- बंगलादेशका मेडिकल र डेन्टल कलेजमा अध्ययन गरेर फर्केका नेपाली डाक्टरी विद्यार्थीको गुणस्तर र सीपका विषयमा प्रश्न उठ्न थालेपछि स्वास्थ्य खबरपत्रिकाको टिमले जेठको पहिलो साता बंगलादेशका मेडिकल र डेन्टल कलेजको स्थलगत अध्ययन गरेको थियो। जेठ ३ देखि ८ गतेसम्म टिमले नेपाली विद्यार्थी धेरै पढ्न जाने बंगलादेशका विभिन्न ११ वटा निजी मेडिकल र डेन्टल कलेजमा अध्ययनरत ५४ नेपाली विद्यार्थीसँग कुराकानी गरेको छ। यो क्रममा टिमले त्यहाँका मेडिकल र डेन्टल कलेजको समेत स्थलगत अध्ययन गरेको थियो।

बंगलादेशका मेडिकल कजेलको अवस्था कस्तो छ, तीनले कसरी मान्यता पाएका छन् र नेपाली विद्यार्थी विद्यार्थीको भविष्य कस्तो छ भन्ने बारे टिमले बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनियासँग कुराकानी गरेको छ। बंगलादेशको ढाकास्थित सरानीविजोय नगरमा रहेको बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिलको कार्यालयमा स्वास्थ्यखबरका प्रवीण ढकाल र सीताराम कोइरालाले रजिस्ट्रार डा जाहेदुलहकसँग गरेको कुराकानीः

बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिलको प्रमुख काम के हो?

बंगलादेशमा भएका सबै मेडिकल तथा डेन्टल कलेजको नियमन गर्नु नै यसको प्रमुख काम हो। काउन्सिलले मेडिकल तथा डेन्टल कलेजमा हुनुपर्ने मापदण्ड, पूर्वाधार, गुणस्तरका विषयमा काम गर्छ। यहाँ काम गर्ने डाक्टरको गुणस्तरका विषयमा पनि काउन्सिलले काम गर्छ। 

तर, बंगलादेशका मेडिकल तथा डेन्टल कलेजको गुणस्तर र पढाइका विषयमा प्रश्न उठ्ने गरेको छ नि?

सरकारी र केही निजी कलेजको गुणस्तरका विषयमा प्रश्न उठाउने ठाउँ छैन। तर, विशुद्ध व्यापारका लागि खोलिएका निजी मेडिकल कलेजमा भने समस्या छ। यो कुरा हामीलाई पनि अनुभव भएको छ।

अनि, काउन्सिलले किन त्यस्ता कलेजलाई कारबाही गर्दैन त?

हामीले यस्ता कलेजलाई कारबाही गर्न वा बन्द नै गराउन चाहेका हौं। तर, हामी पनि वाध्य छौं। राजनीतिक दबाबका भरमा सम्बन्धन र मान्यता पाएका यी कलेज गुणस्तरहीन छन् भन्ने थाहा हुँदाहुँदै पनि हात बाँधेर बस्नुपर्ने अवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भनेपछि काउन्सिलले मान्यता दिएका मेडिकल कलेज भन्दैमा राम्रा छन् भनेर ढुक्क हुने अवस्था छैन?

यहाँका निजी मेडिकल कलेजमध्ये १५ देखि २० वटा मात्र राम्रा छन्। यीबाहेक अरुमा समस्या छ। विद्यार्थी पढाउनभन्दा पनि पैसा कमाउन खोलिएका संस्था राम्रा डाक्टर होइन डाक्टर मात्र उत्पादन गर्न पनि योग्य छैनन्। राजनीतिक दबाब तथा स्वास्थ्य मन्त्रालयबाट आर्थिक चलखेलबाट खुलेका कलेज खराब हुन्।

नेपाली विद्यार्थी पनि समस्यामा परिरहेका छन् नि?

हामीले उनीहरुलाई समस्यामा पारेका होइनौं। व्यापारका लागि खोलिएका यहाँका मेडिकल कलेज गुणस्तरहीन छन् भन्ने जान्दाजान्दै पनि पढ्न आउनु उनीहरुको गल्ती हो। यस्ता कलेजमा भर्ना भएपछि समस्या त परिहाल्छ नि। यहाँका गुणस्तरहीन कलेजमा किन भर्ना हुने? हामीले होइन, नेपाली विद्यार्थी आफैंले यो समस्या सिर्जना गरेका हुन्। हामीले कालोसूूूचीमा राखेका कलेजमा समेत नेपाली विद्यार्थी पढिरहेका छन्। यसमा हाम्रो के दोष? हामीले त सूूूची नै निकालेका छौं। यहाँ मान्यता पाएका कलेजको गुणस्तर त कमजोर छ भने कालोसूूूचीमा भएकाको के हालत होला? त्यसकारण समस्याको दलदलमा नेपाली विद्यार्थी आफैं फसेका हुन्। नेपालका दलालले उनीहरुलाई फसाएका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईंहरुले यहाँका कलेजले मान्यता पाएका छन् भन्ने जानकारी दिएपछि मात्र नेपालको काउन्सिलले यहाँ विद्यार्थी पढ्न अनुमति दिन्छन् नि?

नेपालको मेडिकल काउन्सिलले हामीलाई फलानो कलेजले मान्यता पाएको छ वा छैन भनेर सोधेपछि हामीले छ भने छ, छैन भने छैन भनेर जानकारी दिने हो। मैले अघि भने नि, दबाबका भरमा मान्यता पाएका कलेज पनि छन् यहाँ। त्यही भएर मान्यता पाएको छ भन्दैमा सबै राम्रा छन् भन्न सकिँदैन। यसका लागि विद्यार्थी तथा अभिभावकले पनि कलेजबारे बुझ्नुपर्छ। अर्को कुरा नेपालको मेडिकल काउन्सिलमा पनि त निकै भ्रष्टाचार छ नि। त्यहाँ चुनावबाट पदाधिकारी छानिने गर्छ। त्यो क्रममा कति धेरै भ्रष्टाचार हुन्छ भन्ने कुरा मैले पनि बुझेको छु।

यहाँका मेडिकल कलेजले सिट क्षमताभन्दा बढी विद्यार्थी भर्ना गरेका छन् भन्ने गुनासो पनि छ। यसबारेमा के भन्नुहुन्छ?

नाफा कमाउन खोलेका कलेजले भर्ना गरे होलान्। तर, काउन्सिलले निश्चित कोटाभन्दा बढीको परीक्षालाई मान्यता दिँदैन। त्यही भएर उनीहरुले हरेक वर्ष बढी भएका विद्यार्थीलाई फेल गराउने गरेको कुरा पनि सुन्नमा आएको छ। विदेशी विद्यार्थीका लागि २५ प्रतिशत कोटा छुट्याइएको छ। तर, केही कलेजले दबाबका भरमा ५० प्रतिशत कोटा पुर्‍याएका छन्। यसको सिधा अर्थ पैसा कमाउने खेल त हो नि। 

विदेशी विद्यार्थीलाई तपाईंको के सुझाव छ?

बंगलादेशका अधिकांश निजी मेडिकल तथा डेन्टल कलेज चिकित्सा शिक्षा अध्ययनका लागि योग्य छैनन्। विशुद्ध व्यापारका लागि खोलिएका यस्ता कलेजमा डाक्टरी शिक्षा अध्ययन गर्न आउनु भनेको फस्नु मात्र हो। त्यसकारण विद्यार्थीले यहाँ आउनुअघि कलेजको स्थलगत अध्ययन गरेर मात्र भर्नाका लागि निर्णय लिनुपर्छ। दलालका कुरामा विश्वास गरेर जीवन बर्बाद गर्नु हुँदैन।

नेपाल र बंगलादेशको दूरी पनि टाढा छैन। योसँगै विद्यार्थीले नेपालको राजदूतावाससँग पनि छलफल गरेर कलेजको छनोट गर्न सुझाब दिन्छु।

स्थलगत शृंखला-१ः बंगलादेशमा नेपाली विद्यार्थी पढ्ने ८० प्रतिशत मेडिकल कलेज गुणस्तरहीन

प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्