काठमाडौं– विमानस्थलबाट तस्करी भएको सुनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। धनुषाका राम सुगारत यादब र पाल्देन लामालाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो।
यादबसँग ९९.५ ग्रामको दुई वटा सुनको चुारा तथा लामासँग सय ग्रामको सुनका चुरा बरामद भएको प्रहरीले जनाएको छ।
बैदेशिक रोजगारीमा जाने कामदारलाई प्रयोग गरी उनीहरुले सुन भित्राएका थिए। पक्राउ परेकामाथि भन्सार कार्यालयले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।