झापा– बिर्तामोड क्षेत्रमा चोरीको आतंक मच्चाउने युवक पक्राउ परेका छन्। बिर्तामोड–१ घर भएका जग्गु, दिपे उपमान भएका दिपेश खवालाई प्रहरीले पक्राउ गरेको हो।
उनले तत्कालिन नेकपा(एमाले)को पार्टी कार्यालयसहित विभिन्न ठाउँमा चोरी गरेका थिए। खवासँग चोरीका सामान खरिद गर्ने १० जनालाई पनि इलाका प्रहरी कार्यालय, अनारमनीले पक्राउ गरेको छ।
उनले जेठ १३ गते बिर्तामोडको बिगेन नेपाल थर्ड आई चेरापी सेन्टरबाठ टिभी र ल्यापटप चोरेका थिए। जेठ २१ थगते तत्कालिन एमालेको पार्टी कार्यालयबाट दुई वटा कम्प्यूटर सेट तथा असार २९ गते प्रथम आईटी सिष्टमबाट ल्यापटप चोरेका थिए।
अनुसन्धानका क्रममा उनले अन्य ठाउँमा पनि चोरी गरेको प्रहरी आशंका छ। चोरीका केही सामानहरु समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका खवाससहित अन्य १० जनालाई चोरी मुद्दामा कारबाही अघि बढाइएको इप्रका अनारमनीका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।