काठमाडौं– ब्राजिलियका गोलकिपर एलिन्सन कीर्तिमानी रकममा इंग्लिस क्लब लिभरपुलमा आबद्ध भएका छन्। उनी म्यानचेस्टर सिटीका एडर्सनलाई पछि पार्दै विश्वककै महँगा गोलकिपर बनेका हुन्।
योसँगै ११ पोजिसनका विश्वका महँगा खेलाडी कोको हुन् भन्ने चासो बढेको छ।
पछिल्लो वर्षमा ट्रान्सफर मार्केटमा अर्बौ डलरमा खेलाडीको सम्झौता भएको छ। ११ पोजिनसका उत्कृष्ट खेलाडी मध्ये ६ खेलाडी इंग्लिस प्रिमियर लिगमा खेलिरहेका छन्। जसमा ३ खेलाडी इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा आबद्ध छन्।
यस्तै विश्वकै महँगा २ खेलाडी नेइमार र केलियन एमबाप्पे फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध छन्।
११ 'पोजिसन'का विश्वका महँगा फुटबलर
गोलकिपर – एलिन्सन – रोमाबाट लिभरपुल – ६५ मिलियन पाउन्ड
डिफेन्डर– बेन्जामिन मेन्डे – मोनाकोबाट म्यानचेस्टर सिटी – ५१.७५ मिलियन पाउन्ड
डिफेन्डर– भर्जिल भान डेक– साउथह्याम्टनबाट लिभरपुल – ७०.१ मिलियन पाउन्ड
डिफेन्डर– एमेरिक लोपोर्टो – एथ्लेटिक बिल्बाओबाट म्यानचेस्टर सिटी– ५८.५ मिलियन पाउन्ड
डिफेन्डर– केल वाकर– टोटनह्यामबाट म्यानचेस्टर सिटी– ४७.५ मिलियन पाउन्ड
मिडफिल्डर– पाउल पोग्बा– युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड– ९४ मिलियन पाउन्ड
मिडफिल्डर– फिलिप काउटिन्हो– लिभरपुलबाट बार्सिलोना– ११२.५ मिलियन पाउन्ड
मिडफिल्डर– जेम्स रोद्रिगेज – मोनाकोबाट रियल म्याड्रिड– ६७.५ मिलियन पाउन्ड
फरवार्ड– नेइमार– बार्सिलोनाबाट पिएसजी– १९९.८ मिलियन पाउन्ड
फरवार्ड– क्रिस्टियानो रोनाल्डो– रियल म्याड्रिडबाट युभेन्ट्स– १०५ मिलियन पाउन्ड
फरवार्ड– केलियन एमबाप्पे– मोनाकोबाट पिएसजी– १२१ मिलियन पाउन्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।