रुपन्देही– प्रदेश ५ सरकारको समाजिक विकास मन्त्रालले आर्थिक वर्ष २०७४÷०७५ को अन्तिम ३ महिनामा करिब २९ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य, शिक्षा, महिला, बालबालिका लगायतको क्षेत्रमा खर्च गर्नुपर्ने बजेट एक तिहाइ पनि खर्च गर्न नसकेको हो।
प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयलाई ६ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमध्ये १ करोड ९७ लाख रुपैयाँ मात्रै खर्च भएको मन्त्रालयका प्रवक्ता मित्रमणि खनालले बताए। उनले कानुन, कार्यविधि, संरचना निर्माण र जनशक्ति व्यवस्थापनलाई मुख्य लक्ष्य लिएर विनियोजन गरिएको भएपनि काम भने हुन सकेको स्विकारे।
अन्य क्षेत्रमा भन्दा बढी स्वास्थ्य क्षेत्रमा बजेट खर्च नभएको मन्त्रालय श्रोतको भनाइ छ।
सरकारले ३ महिनामा गर्ने भनेका काम संरचना अभावका कारणले अघि बढ्न नसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतम बताउँछन्।
गत चैत्र ३० मा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवम् मुख्यमन्त्री शंकर पोखरेलले १ अर्ब ५ करोड २ लाख रुपैयाँको बजेट प्रदेश संसदमा पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।