काठमाडौं – फिल्म ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्मको ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीत सार्वजनिक गरिएको हो । नायिका छुल्ठिम गुरुङको बोल्ड अभिनय रहेको सो आइटम गीतमा नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालको पनि अभिनय छ।
टुरिस्ट जंग बि.केको शब्द रचना शशि रावल , राजेन्द्र भट्ट (मिस्टर आर. जे.)को आवाज रहेको गीतमा गायक स्वयम राजेन्द्र भट्टकै संगीत रहेको छ। भिडियोलाई दिपक याम सिंहको नृत्य निर्देशन गरेका हुन्।
फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेता गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, अभिनेत्री मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।