काठमाडौं – युवा ज्योतिष हरिहर अधिकारी अब अभिनेताका रुपमा देखिने भएका छन् । उनले फिल्म शुभ लभ बाट नेपाली फिल्म नगरीमा डेव्यु गर्न लागेका हुन्।
बुद्ध इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानर तथा चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय प्रस्तुतकर्ता रहने शुभ लभमा ज्योतिष अधिकारी अभिनेता बन्न लागेका हुन्।
हरिहर सँगै मिस टिन २०१७ की बिजेता कृष्टिन पौडेल र डा सूर्य थापाले पनि यसै फिल्म मार्फत डेव्यु गर्ने भएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको औपचारिक निमार्ण घोषणा गरियो।
फिल्ममा ज्योतिषअधिकारीको स्क्रिप्ट लेखन, सन्तोष बाबु लोहनीको निर्देशन तथा अर्जुन पोखरेलको संगित रहने छ।
फिल्म शुभ लभ आउदो भादौ १५ बाट छायांकनका लागि फ्लोरमा जानुका साथै चैत्र १५ बाट प्रदर्शनमा ल्याउने कार्यक्रममा बोल्दै फिल्मका प्रश्तुतकर्ता प्रदिप उदयले जानकारी गराए।
ज्योतिषहरुकाे जीवनसँग मिल्दो प्रेमकथाका साथ हास्य बिधामाथि निमार्ण हुने यस फिल्मका अन्य कलाकारहरु सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदीप बास्तोला छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।