बझाङ– बझाङको खप्तड छान्ना गाँउपालिका–६, वयानामा पहिरोमा पुरिएर ४ जनाको मृत्युु भएको छ। घटनामा अन्य २ जना बालक घाइते भएका छन्।
मृत्युु हुनेमा पाटादेवलकी स्वास्थ्य स्वयम्सेविका २८ वर्षीया महेश्वरी थापा, उनका नाबालक छोरा कृष्ण थापा, उनकी सासु उजेली थापा र सोही गाउँका मंगल थापा रहेका छन्।
घाइते हुने बालकहरु कवि थापा र रिकेश थापा रहेका छन्।
पहिराेले घर तथा चाैतारी बगाउँदा ठूलाे मात्रामा मानवीय क्षति भएकाे बझाङ प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।