• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

‘हत्या भएका आलम भारतले मागेका व्यक्ति’

64x64
नारायण अधिकारी बिहीबार, असोज ४, २०७५  १२:५५
1140x725

काठमाडौं- सुनसरीको भुटाहामा रैयान नेशनल स्कुल चलाउँदै आएका खुर्सीद आलमको बिहीबार अपरान्ह गोली हानी हत्या भएपछि हामीले हत्याको सेरोफेरो र यसको अनुसन्धानबारे ‘अपडेट’ खोज्यौं। सोधखोज गर्दै जाँदा के पत्तो लाग्यो भने, मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका आलमलाई २ दशक पहिलादेखि नै भारत सरकारले ‘पक्राउ गरेर पठाइदिन’ आग्रह गरिरहेको थियो। 

भारतमा सन् १९९३ मा भएको मुम्बई बम विस्फोटमा संलग्न भएको आंशंकामा आलमलाई भारतीय प्रहरीले खोजिरहेको तर्क जिल्लास्थित उनका समकक्षीले नेपाल लाइभलाई बताए। आलमका मित्र तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आलमको विगतबारे जानकारी दिँदै भने ‘उनलाई भारतीय सरकारले खोजी गरिरहेको थियो। पक्राउ गरेर भारत सरकारलाई बुझाउन नेपाल सरकारलाई आग्रह पनि गरेको थियो। अहिले यस्तो घटना भयो। हामी पनि आश्चर्यमा परेका छौं।’

गफार र आलम वि. स २०५४ मा जिल्ला विकास समितमा सँगै थिए। गफार अध्यक्ष थिए भने आलम जिविसमा मनोनित सदस्य। ‘त्यही बेला भारतीय प्रहरीले समेत आलमलाई बुझाइदिन जिविसमा आग्रह गरेको थियो’ गफारले भने, ‘सादा पोशाकका भारतीय प्रहरी नै आएर यस्तो आग्रह गरेको सम्झना छ।’

त्यतिबेला भारतीय प्रहरीको यस्तो आग्रहलाई जिल्ला विकास समितिका पदाधिकारीहरुले नकारेको भनाइ उनको छ। त्यो घटनाबारे आलमको परिवारलाई समेत जानकारी गराइएको थियो। 

हत्या गरिएका आलमलाई त्यतिबेला सीमापारीका स्थानीय पत्रपत्रिकाले समेत आलोचना गर्दै समाचार छापेको गाउँपालिका अध्यक्ष अन्सारीले जानकारी दिए। ‘मैले बुझेको यत्ति हो’ उनले भने, ‘नेपाली भूमिमा छिरेर यसरी दिउँसै हत्या हुनु गम्भीर विषय हो। प्रहरीले यसबारे कडा अनुसन्धान गर्नुपर्छ।’

 

स्थानीय तहबाट यस्तो सूचना आएपछि हामीले नेपाल प्रहरीको उच्च स्रोतलाई आलमबारे सोध्यौं। प्रहरी स्रोतले भन्यो, ‘यसबारे प्रहरीका पूर्वप्रमुखलाई थाहा हुन सक्छ। तत्काल यो विषयमा केही भन्न सकिन्न। तर, घटनाको प्रकृति हेर्दा नियोजित रुपमा हत्या गरिएको भन्ने छ।’  आलमलाई गृहमन्त्री वामदेव गौतम भएको बेला पक्राउ गरेर भारत पठाइदिन भारतले आग्रह गरेको गापा अध्यक्ष गफारले बताए।

कसरी भयो गोली काण्ड?
_x000D_ आफ्नै स्वामित्वको स्कुल पढाएर उनी बजार गएका थिए। बजारबाट घर जाने क्रममा उनलाई दुईवटा मोटरसाइकलमा आएका चार जना भारतीयले गोली हानेको प्रहरीले जनाएको छ। ‘घटनाको प्रारम्भिक अनुसन्धान गर्दा नै हत्याराहरु सीमापारीबाट आएको देखियो’ घटनास्थलमा खटिएका प्रहरी निरीक्षक कमल खत्रीले नेपाल लाइभसँग भने, ‘सुरुमा दाहिने खुट्टामा गोली लागेको छ त्यसपछि कन्चटमा गोली हानेर हत्या गरिएको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

_x000D_ _x000D_

आलम मोटरसाइकलमा छिमेकी अमिन मियाँसँग बजारबाट घर जान लागेका थिए। आफैंले सञ्चालन गरेको स्कुल नजिक पुगेपछि भारतीय नम्बरप्लेटकाे मोटरसाइकलमा आएको समूहले आलमको मोटरसाइकल छेकेर गोली हानेको प्रहरीले जानकारी दिएको छ।

_x000D_ _x000D_

अचम्मको कुरा के भने, आलमको घटनास्थलमै मृत्यु भएपनि उनकै मोटरसाइकलको पछाडि बसेका मियाँलाई भने केही भएको छैन। मियाँलाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ। 

_x000D_ _x000D_

घटनास्थल भारतीय सीमा नाकाबाट ७ किलोमिटर टाढा छ। गोली प्रहार गरी भाग्ने क्रममा घुस्की नाकाको प्रहरीले हत्यारालाई रोक्न खोज्दा प्रहरी जवान शिव पौडेललाई समेत गोली प्रहार भएको सुनसरी प्रहरीले जानकारी दिएको छ। प्रहरी पौडेलको तिग्रा र ढाडमा गरी ३ गोली लागेको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

घाइते प्रहरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।

_x000D_ _x000D_

को हुन् आलम?
_x000D_ सुनरीको हरिनगर गाउँपालिका- २ का ४५ वर्षीय आलम स्कुल सञ्चालनका अतिरिक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय राजनीति पनि गर्थे। उनी २०५३ तिर नेकपा एमालेमा प्रवेश गरेका थिए। आलम तत्कालीन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार पनि हुन्। 

_x000D_ _x000D_

जिल्ला विकास समितिको २०५४ सालमा मनोनित सदस्य समेत भएका व्यक्ति हुन् आलम। आलमका ३ छोरा र २ छोरी छन्। उनको विवाह सुनसरीपारी भारतको बलुवा भन्ने ठाउँमा भएको हो। तर मुम्बईमा भएको घटनामा संलग्न भएको आरोपमा भारतीय प्रहरीले उनलाई पक्रन खोजिरहेकाले आलम घरपारि रहेको ससुराली गाउँ बलुवा समेत नजाने गरेको स्थानीयवासी बताउँछन्। 

_x000D_ _x000D_

हत्याको विरोधमा प्रर्दशन
_x000D_ आलमको हत्या भएपछि सुनसरीमा विरोध प्रदर्शन भएको छ। हरिनगरका स्थानीयबासी गोली प्रहार भएको घटनाबारे तत्काल जानकारी गराउदा पनि सशस्त्र प्रहरी नआएको भन्दै आक्रोशित छन्।

_x000D_ _x000D_

 
_x000D_ सशस्त्र प्रहरीकै अगाडि सुटर समूह भाग्दासमेत सशस्त्र प्रहरीले केही नगरेको भन्दै नेकपाका जिल्ला सदस्य लस्करी अन्सारीले नेपाल लाइभसँग आक्रोश पोखे। भने, ‘हत्यारा समाउन सकिन्थ्यो तर लापरवाहीले भागे।’

_x000D_ _x000D_

भुटाहामा शसस्त्र प्रहरी बलको डिएसपी कमान्डमा क्याप समेत रहेको छ।

_x000D_ _x000D_

 स्थानीयले आलमको शव प्रहरीसँग खोसेर सडकमा राखेर प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन्। हरिनगरका विभिन्न ठाँउमा टायर बालिएको छ।

_x000D_ _x000D_

आक्रोश बढ्दै गएपछि अहिले जिल्लाका सम्पूर्ण नाकाहरु बन्द गरिएको सुनसरी प्रहरीले जनाएको छ। 

_x000D_ _x000D_

(साथमा विनय बराकोटी, सुनसरीबाट)

प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित... मंगलबार, असार ३०, २०८३
विष्णु पौडेलको चौथो पटक म्याद थपियो आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । बुधबार, असार २४, २०८३
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो] शुक्रबार, साउन २२, २०८३
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू शुक्रबार, साउन २२, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए शुक्रबार, साउन २२, २०८३
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो) शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्