काठमाडौं- प्रहरी प्रधान कार्यालयले करीब ७ हजार ३ सय प्रहरीका लागि आवेदन खुलाएको छ। कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले सोमबार सूचना जारी गरी दरखास्त आह्वान गरेको हो।
_x000D_
_x000D_
कार्यालयले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, प्रहरी कार्यालय सहयोगी (भान्छे), प्रहरी कार्यालय सहयोगी (हजाम, सिलाई/बुनाई, कुचिकार, खेलाडी) लगायतमा दरखास्त मागेको हो।
_x000D_
_x000D_
कार्यालयले प्रहरी निरीक्षकका लगि १ सय ८ र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ पदमा अावेदन खुल्ला गरेकाे छ।
_x000D_
_x000D_
प्रहरी जवान शिर्षकमामात्रै खुला, अशक्त प्रहरी परिवार र समावेशी समूह गरेर ६ हजार दुई सय ४४ जनाका लागि आवेदन खुलाएको छ।
_x000D_
_x000D_
कार्यालयले प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्धारा समावेशी प्रावधान अन्तर्गत पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको जनाएको छ।
_x000D_
_x000D_
नयाँ भर्ना सम्बन्धी प्रहरीले निकालेकाे सूचना:
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।