काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको झन्डै साढे दुई महिनापछि उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। उपसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिको प्रतिवेदन गृहले आज सार्वजनिक गरेको हो। प्रतिवेदनमा धेरै कुराको उत्तर आएको देखिँदैन। प्रतिवेदन नै कर्मकाण्डी भएको भनेर प्रतिक्रिया पनि आउन थालेका छन्।
_x000D_
_x000D_
अहिलेसम्म निर्मला पन्तको बलात्कार एक व्यक्तिबाट भएको भनिएको थियो। तर प्रतिवेदनअनुसार पन्तको बलात्कार एक व्यक्तिबाट मात्र सम्भव नभएको प्रष्ट हुन्छ। यसले घटना झनै रहस्मय भएको देखाउँछ।
_x000D_
_x000D_
दिउँसोको समयमा त्यो पनि मान्छेको आवतजावत हुने ठाउँमा सडक नजिकै एक व्यक्तिबाट बलात्कार हुन नसक्ने कुरा प्रतिवेदनमा उल्लेख छ।
_x000D_
_x000D_
एक्लैले समातेर बलात्कार गर्न असम्भव हुने देखिएको हुनाले बलात्कार सामूहिक भएको हुन सक्ने ठम्याईएको छ। शव भएको ठाउँ नजिकै चक्रदेव बडूको घर र २ वटा कुकुरसमेत भएको हुनाले बालिका चिच्याउँदा मान्छे र कुकुर समेतले थाहा पाउनु पर्ने भनी प्रतिवेदनमा उल्लेख छ।
_x000D_
_x000D_
एकजनाले मात्रै मुख थुनेर निर्मलाको कपडा खोलेर बलात्कार गर्न असम्भव भएकाले बलात्कार सामूहिक भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।
_x000D_
_x000D_
आमाको सही छाप बिनै निर्मलाको मुचुल्का
_x000D_
_x000D_
हत्या भएका बेला निर्मलाका बुबा भारतमा भएपनि आमा कञ्चनपुरमै थिइन्। तर प्रहरीले लाश जाँच मुचुल्कामा आमाको सनाखत नगरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तयार पारेको मुचुल्कामा आमाको सहीछाप भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ। तर साउन १२ गते भारतबाट घर आएका बुबाको भने मुचुल्कामा नक्कली सहीछाप फेला परेको छ।
_x000D_
_x000D_
निर्मलाको कपडा नै गायब
_x000D_
निर्मलाले लगाएको कपडा नै गायब बनाएको नयाँ रहस्य समितिको प्रतिवेदनले उद्गार गरेको छ। निर्मलाको शव अर्धनग्न अवस्थामा बलात्कार गरी पानी भएको उखुबारीमा फालिएको थियो। निर्मलाको गोडामा लत्रिएको भित्री वस्त्र र सुरुवाल पखालेको भिडियो नै सार्वजनिक भएको थियो।तर ती कपडा कहाँ गए भन्ने अहिलेसम्म पत्ता नभएको प्रतिवेदनमा उल्लेख छ।
_x000D_
_x000D_
मृतकका परिवारले भने कपडा सबै प्रहरीेले लगेको बताउँदै आएका छन्। तर अहिलेसम्म ती कपडा के गरियो भन्नेसम्म पत्ता लाग्न सकेको छैन। पन्तको शरीरमा रहेको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खरानी रंगको पेन्टीलगायत कापीकलम समेत प्रहरीले लगेको भनिए पनि अहिलेसम्म फेला नपरको बताइएको छ।
_x000D_
_x000D_
दिलिपसिंहं विष्टको कपडा नै परिवर्तन गर्ने खेल
_x000D_
आरोपित भनिएका दिलिपसिंह विष्टको कपडा नै परिवर्तन गर्न लागिएको तथ्यसमेत प्रतिवेदनले उजागर गरेको छ। विष्ट पक्राउ परेपछि प्रहरीले बनाएको मुचुल्कामा अमित गाेल्ड लेखिएको निलो कट्टु एक थान, निलो रंगको भित्री गन्जी एक थान, खैरो रंगको जिन्स हाफ पाइन्ट एक थान भदौ ८ गते विधि विज्ञान प्रयोगशालमा परीक्षणका लागि पठाइएको थियो।
_x000D_
_x000D_
तर पछि भदौ १० गते भित्री गन्जी हुनपुर्ने निलो रंगको सेण्डो गञ्जी भएको, हाफ पाइन्ट हुनुपर्नेमा खैरो रंगका हाफ पाइन्ट हुन गएकाले नमूना सच्याई गरी पाउँ भन्दै कञ्चनपुर प्रहरीले पत्रसम्म लेखेको प्रतिवेदनमा उल्लेख छ। जबकी, भदौ ४ गतेको मुचुल्कामा भने निलो रङ्गको गन्जी र खैरो रङ्गको जिन्स हाफ पाइन्ट नै देखिन्छ। कपडा नै परिवर्तन गर्न खोज्नु निकै शंकास्पद देखिन्छ।
_x000D_
_x000D_
अम्बाको रुख काटियो, घरमा रंग लगाएको छैन
_x000D_
निर्मला हत्याकाण्डसँग जोडिएको अम्बाको रुख काटिएको छ। रुख किन काटियो भनेर बारम्बार प्रश्न पनि उठिरहेको छ। यसबारे छानबिन समितिले सोधपुछ पनि गरेको छ। समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार अम्बाको रुख रोशनी बमका बाबु दीपेन्द्र बहादुर बमले काटेका हुन्।
_x000D_
_x000D_
हत्या भएपछि दार्चुलाबाट आएका दीपेन्द्रले अल्लारे केटाले चढेर खाने, हो-हल्ला गर्ने, घरको पर्खालसँगै रुख भएकाले पर्खाल भत्किने भएकाले रुख काटिएको बताएका छन्। त्यसैगरी घटना भएपछि रोशनीको घरमा रंग लगाइएको भन्ने कुरा गलत भएको समितिले जनाएको छ।
_x000D_
_x000D_
प्रहरीलाई कारवाही गर्न सुझाव
_x000D_
निर्मला हराएको भनेर खबर गर्दा समेत प्रहरीले उदासिनता देखाएको, प्रमाण संकलनमा लापरबाही गरेको, कुकुरको प्रयोग नगरेको, शव फेला परेको ठाउँमा पर्याप्त मात्रामा प्रहरी परिचालन नगरेकोले प्रहरीको गम्भीर लापरबाही भएको भन्दै विभागीय कारबाही गर्नुपर्ने समितिले ठहर गरेको छ।
_x000D_
_x000D_
बिना प्रमाण दिलिपसिंह विष्टलाई म्याद थप गर्दै थुनामा राखेको, मुचुल्कामा भएको दिलिपको कपडा नै परिवर्तन गर्ने खेलमा प्रहरी लागेको, प्रमाणका रुपमा काम लाग्ने निर्मलाको भित्री वस्त्र पानीमा चोपको, निर्मलाको योनी र तिघ्रा धोएको जस्ता आरोप प्रतिवेदनमा प्रहरीलाई लगाइएको छ।
_x000D_
_x000D_
मुख्य कमजोरी तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख विष्टको भएकाले उनलाई विभागीय कारबाही र अन्य प्रहरी अधिकारीलाई अनुसनधान गरी गल्ती कमजोरी हेरी कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ।
_x000D_
_x000D_
त्यस्तै एसपी विष्टसँगै उनका छोरा किरणराज विष्टको गतिविधि पनि शंकास्पद दखिएको र बम दिदीबहिनीको गतिविधि पनि शंकास्पद देखिएका प्रतिवेदनमा उल्लेख छ।
_x000D_
_x000D_
प्रतिवेदनले उठाएका केही प्रश्न
_x000D_
उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन कर्मकाण्डी जस्तो मात्रै देखिएको छ। निर्मलाको हत्या कहाँ भयो भन्ने ठाउँसम्म समितिले पत्ता लगाउन सकेको छैन।
_x000D_
_x000D_
त्यसैगरी, ओपेरा होटलमा आएका तीन जना अपरिचित केटीहरु भनिएको छ। ती केटी को थिए? प्रतिवेदनमा उल्लेख छैन। निर्मलाका बाबुको कीर्ते हस्ताक्षर गरिएको भनिएको छ। कसले गरायो कीर्ते हस्ताक्षर? यसमा को जिम्मेवारी? दोषीलाई कारबाही गर्नु-नगुर्नसम्म प्रतिवेदनमा केही भनिएको छैन।
_x000D_
_x000D_
प्रतिवेदनमा सिफारिस गरिएअनुसार घटनाको अनुसन्धानमा संलग्न प्रहरीमाथि कारबाही भए जिम्मेवारीमा लापरबाही गरेकोमा मात्र कारबाही हुने देखियो। प्रमाण नष्ट गर्ने को हो समेत खुलाउन सकेका छैन समितिकाे प्रतिवेदनले।
_x000D_
_x000D_
प्रतिवेदनले घटनामा को-को संलग्न हुन सक्छन्, घटनास्थल कहाँ हुनसक्छ भन्ने आँकलनसमेत गर्न सकेको छैन। सामान्य फेहरिस्त मात्र छ। गृहमन्त्रालयमा बुझाएको केही दिनपछि सार्वजनिक गरिएको यो प्रतिवेदनले निर्मलाको हत्याको अनुसन्धानका लागि कुनै नयाँ बाटो देखाएको पाइदैन।
_x000D_
_x000D_
अनुसनधानको दायरा फराकिलो पार्नुपर्ने भनिएको छ। तर यत्रो १५ दिनसम्म लगाएर अनुसन्धान गर्दा समेत शंकास्पद व्यक्ति यी-यी हुन सक्छन्, यी व्यक्तिमाथि पनि अनुसन्धान गनुपर्ने देखिन्छसम्म पनि भनिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।