• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला हत्या प्रकरण : आमाको सहीछापबिनै मुचुल्का

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०७५  १७:१२
1140x725

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको झन्डै साढे दुई महिनापछि उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। उपसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिको प्रतिवेदन गृहले आज सार्वजनिक गरेको हो। प्रतिवेदनमा धेरै कुराको उत्तर आएको देखिँदैन। प्रतिवेदन नै कर्मकाण्डी भएको भनेर प्रतिक्रिया पनि आउन थालेका छन्। 

_x000D_ _x000D_

अहिलेसम्म निर्मला पन्तको बलात्कार एक व्यक्तिबाट भएको भनिएको थियो। तर प्रतिवेदनअनुसार पन्तको बलात्कार एक व्यक्तिबाट मात्र सम्भव नभएको प्रष्ट हुन्छ। यसले घटना झनै रहस्मय भएको देखाउँछ।

_x000D_ _x000D_

दिउँसोको समयमा त्यो पनि मान्छेको आवतजावत हुने ठाउँमा सडक नजिकै एक व्यक्तिबाट बलात्कार हुन नसक्ने कुरा प्रतिवेदनमा उल्लेख छ।

_x000D_ _x000D_

एक्लैले समातेर बलात्कार गर्न असम्भव हुने देखिएको हुनाले बलात्कार सामूहिक भएको हुन सक्ने ठम्याईएको छ। शव भएको ठाउँ नजिकै चक्रदेव बडूको घर र २ वटा कुकुरसमेत भएको हुनाले बालिका चिच्याउँदा मान्छे र कुकुर समेतले थाहा पाउनु पर्ने भनी प्रतिवेदनमा उल्लेख छ।

_x000D_ _x000D_

एकजनाले मात्रै मुख थुनेर निर्मलाको कपडा खोलेर बलात्कार गर्न असम्भव भएकाले बलात्कार सामूहिक भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।

_x000D_ _x000D_

आमाको सही छाप बिनै निर्मलाको मुचुल्का

_x000D_ _x000D_

हत्या भएका बेला निर्मलाका बुबा भारतमा भएपनि आमा कञ्चनपुरमै थिइन्। तर प्रहरीले लाश जाँच मुचुल्कामा आमाको सनाखत नगरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तयार पारेको मुचुल्कामा आमाको सहीछाप भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ। तर साउन १२ गते भारतबाट घर आएका बुबाको भने मुचुल्कामा नक्कली सहीछाप फेला परेको छ।

_x000D_ _x000D_

निर्मलाको कपडा नै गायब
_x000D_ निर्मलाले लगाएको कपडा नै गायब बनाएको नयाँ रहस्य समितिको प्रतिवेदनले उद्गार गरेको छ। निर्मलाको शव अर्धनग्न अवस्थामा बलात्कार गरी पानी भएको उखुबारीमा फालिएको थियो। निर्मलाको गोडामा लत्रिएको भित्री वस्त्र र सुरुवाल पखालेको भिडियो नै सार्वजनिक भएको थियो।तर ती कपडा कहाँ गए भन्ने अहिलेसम्म पत्ता नभएको प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

मृतकका परिवारले भने कपडा सबै प्रहरीेले लगेको बताउँदै आएका छन्। तर अहिलेसम्म ती कपडा के गरियो भन्नेसम्म पत्ता लाग्न सकेको छैन। पन्तको शरीरमा रहेको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खरानी रंगको पेन्टीलगायत कापीकलम समेत प्रहरीले लगेको भनिए पनि अहिलेसम्म फेला नपरको बताइएको छ। 

_x000D_ _x000D_

दिलिपसिंहं विष्टको कपडा नै परिवर्तन गर्ने खेल
_x000D_ आरोपित भनिएका दिलिपसि‌ंह विष्टको कपडा नै परिवर्तन गर्न लागिएको तथ्यसमेत प्रतिवेदनले उजागर गरेको छ। विष्ट पक्राउ परेपछि प्रहरीले बनाएको मुचुल्कामा अमित गाेल्ड लेखिएको निलो कट्टु एक थान, निलो रंगको भित्री गन्जी एक थान, खैरो रंगको जिन्स हाफ पाइन्ट एक थान भदौ ८ गते विधि विज्ञान प्रयोगशालमा परीक्षणका लागि पठाइएको थियो।

_x000D_ _x000D_

तर पछि भदौ १० गते भित्री गन्जी हुनपुर्ने निलो रंगको सेण्डो गञ्जी भएको, हाफ पाइन्ट हुनुपर्नेमा खैरो रंगका हाफ पाइन्ट हुन गएकाले नमूना सच्याई गरी पाउँ भन्दै कञ्चनपुर प्रहरीले पत्रसम्म लेखेको प्रतिवेदनमा उल्लेख छ। जबकी, भदौ ४ गतेको मुचुल्कामा भने निलो रङ्गको गन्जी र खैरो रङ्गको जिन्स हाफ पाइन्ट नै देखिन्छ। कपडा नै परिवर्तन गर्न खोज्नु निकै शंकास्पद देखिन्छ।

_x000D_ _x000D_

अम्बाको रुख काटियो, घरमा रंग लगाएको छैन 
_x000D_ निर्मला हत्याकाण्डसँग जोडिएको अम्बाको रुख काटिएको छ। रुख किन काटियो भनेर बारम्बार प्रश्न पनि उठिरहेको छ। यसबारे छानबिन समितिले सोधपुछ पनि गरेको छ। समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार अम्बाको रुख रोशनी बमका बाबु दीपेन्द्र बहादुर बमले काटेका हुन्।

_x000D_ _x000D_

हत्या भएपछि दार्चुलाबाट आएका दीपेन्द्रले अल्लारे केटाले चढेर खाने, हो-हल्ला गर्ने, घरको पर्खालसँगै रुख भएकाले पर्खाल भत्किने भएकाले रुख काटिएको बताएका छन्। त्यसैगरी घटना भएपछि रोशनीको घरमा रंग लगाइएको भन्ने कुरा गलत भएको समितिले जनाएको छ।

_x000D_ _x000D_

प्रहरीलाई कारवाही गर्न सुझाव
_x000D_ निर्मला हराएको भनेर खबर गर्दा समेत प्रहरीले उदासिनता देखाएको, प्रमाण संकलनमा लापरबाही गरेको, कुकुरको प्रयोग नगरेको, शव फेला परेको ठाउँमा पर्याप्त मात्रामा प्रहरी परिचालन नगरेकोले प्रहरीको गम्भीर लापरबाही भएको भन्दै विभागीय कारबाही गर्नुपर्ने समितिले ठहर गरेको छ।

_x000D_ _x000D_

बिना प्रमाण दिलिपसिंह विष्टलाई म्याद थप गर्दै थुनामा राखेको, मुचुल्कामा भएको दिलिपको कपडा नै परिवर्तन गर्ने खेलमा प्रहरी लागेको, प्रमाणका रुपमा काम लाग्ने निर्मलाको भित्री वस्त्र पानीमा चोपको, निर्मलाको योनी र तिघ्रा धोएको जस्ता आरोप प्रतिवेदनमा प्रहरीलाई लगाइएको छ।

_x000D_ _x000D_

मुख्य कमजोरी तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख विष्टको भएकाले उनलाई विभागीय कारबाही र अन्य प्रहरी अधिकारीलाई अनुसनधान गरी गल्ती कमजोरी हेरी कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ।

_x000D_ _x000D_

त्यस्तै एसपी विष्टसँगै उनका छोरा किरणराज विष्टको गतिविधि पनि शंकास्पद दखिएको र बम दिदीबहिनीको गतिविधि पनि शंकास्पद देखिएका प्रतिवेदनमा उल्लेख छ।

_x000D_ _x000D_

प्रतिवेदनले उठाएका केही प्रश्न
_x000D_ उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन कर्मकाण्डी जस्तो मात्रै देखिएको छ। निर्मलाको हत्या कहाँ भयो भन्ने ठाउँसम्म समितिले पत्ता लगाउन सकेको छैन।

_x000D_ _x000D_

त्यसैगरी, ओपेरा होटलमा आएका तीन जना अपरिचित केटीहरु भनिएको छ। ती केटी को थिए? प्रतिवेदनमा उल्लेख छैन। निर्मलाका बाबुको कीर्ते हस्ताक्षर गरिएको भनिएको छ। कसले गरायो कीर्ते हस्ताक्षर? यसमा को जिम्मेवारी? दोषीलाई कारबाही गर्नु-नगुर्नसम्म प्रतिवेदनमा केही भनिएको छैन। 

_x000D_ _x000D_

प्रतिवेदनमा सिफारिस गरिएअनुसार घटनाको अनुसन्धानमा संलग्न प्रहरीमाथि कारबाही भए जिम्मेवारीमा लापरबाही गरेकोमा मात्र कारबाही हुने देखियो। प्रमाण नष्ट गर्ने को हो समेत खुलाउन सकेका छैन समितिकाे प्रतिवेदनले।

_x000D_ _x000D_

प्रतिवेदनले घटनामा को-को संलग्न हुन सक्छन्, घटनास्थल कहाँ हुनसक्छ भन्ने आँकलनसमेत गर्न सकेको छैन। सामान्य फेहरिस्त मात्र छ। गृहमन्त्रालयमा बुझाएको केही दिनपछि सार्वजनिक गरिएको यो प्रतिवेदनले निर्मलाको हत्याको अनुसन्धानका लागि कुनै नयाँ बाटो देखाएको पाइदैन।

_x000D_ _x000D_

अनुसनधानको दायरा फराकिलो पार्नुपर्ने भनिएको छ। तर यत्रो १५ दिनसम्म लगाएर अनुसन्धान गर्दा समेत शंकास्पद व्यक्ति यी-यी हुन सक्छन्, यी व्यक्तिमाथि पनि अनुसन्धान गनुपर्ने देखिन्छसम्म पनि भनिएको छैन।

प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्