काठमाडौ- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको सभापति हुन उमेर हद ३२ वर्ष उमेर हदबन्दी बहुमतले पारित भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
_x000D_
_x000D_
नेविसंघ सभापतिको उमेर हद ३२ हुने गरी निर्देशक समितिका संयोजक डा प्रकाशरण महतले बैठकमा प्रस्ताव पेश गरेका थिए। प्रस्ताव पारित भएसँगै अब ३२ वर्षे उमेर हद लागू हुनेछ।
_x000D_
_x000D_
पार्टीको संस्थापन पक्ष नेविसंघको सभापति बन्न ३२ वर्षे हदबन्दी लगाउने पक्षमा थियो भने इतर समूह हदबन्दी हटाउने पक्षमा थियो।
_x000D_
_x000D_
संघको सभापतिका लागि ३२ वर्षे हदबन्दी लागू भएमा संस्थापन पक्षका विद्यार्थी नेताको सभापतिमा सम्भावना बढी हुने भएकाले महामन्त्री डा प्रकाशशरण महत हदबन्दीको पक्षमा थिए।
_x000D_
_x000D_
महत संयोजक रहेको निर्देशक समितिले विधान संशोधन गर्न र महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न संघलाई निर्देशन गरेको थियो।
_x000D_
_x000D_
संघको विधान पारित गर्ने विवादकै कारण शुक्रबार तोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक आइतबारलाई सारिएको थियो।
_x000D_
_x000D_
नेबिसंघ कार्यसमितिले प्रस्तुत गरेको भन्दा पार्टीको निर्देशक समितिले पेश गरेको विधान फरक रहेकोले वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आपत्ति जनाएका छन्। विधानमा उल्लेख्य छलफल नगरी हचुवाका भरमा पारित गरिएको भन्दै संस्थापन इतरका नेताहरुले अापत्ति जनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।