काठमाडौं- व्यावसायिक सम्पत्तिको स्वामित्व हस्तान्तरणमा आयकर ऐन २०५८ अनुसार कर दायित्व भुक्तानी नभएको भन्दै मध्यमस्तरीय करदाता कार्यालयले दुगड समूहमाथि २१ करोड ४५ लाख रुपैयाँ कर निर्धारण गरेको छ। आर्थिक वर्ष २०७२/७३ मा भएको सम्पत्ति बेचबिखनबाट प्राप्त आयमा कानुनबमोजिम कर दायित्व भुक्तानी नभएको भेटिएपछि थप कर निर्धारण भएको हो।
कर कार्यालय स्रोतले नेपाल लाइभलाई दिएको जानकारी अनुसार दुगड समूहन्तर्गत दुगड ब्रदर्स एन्ड सन्स कम्पनीमाथि १५ करोड ४३ लाख रुपैयाँ कर निर्धारण भएको छ। यसैगरी मालचन्द दुगडमाथि ६ करोड २ लाख रुपैयाँ कर निर्धारण भएको कार्यालयले जनाएको छ।
कर कार्यालयले तयार गरेको कर निर्धारण पत्रमा आयमा समावेश गर्नुपर्ने विषयहरु समावेश नगरेको र कट्टी गर्न नपाइने खर्च कट्टी गरेको देखिएको उल्लेख छ। तीन वटा छुट्टाछुट्टै फाइलमार्फत कम्पनी एवं व्यक्तिमाथि कर निर्धारणको प्रक्रिया अघि बढाइएको थियो।
'हामीले पत्र पठाइसकेका छौं,' स्रोतले भन्यो, 'करदाताले आय विवरण प्रस्तुत गर्दा खर्च देखाउन नपाइने रकमलाई खर्चमा गणना गरेको र आय विवरणमा समावेश गर्नुपर्ने केही विषय समावेश नगरेकाले थप कर निर्धारण भएको हो।'
कार्यालयले कर निर्धारण भएको विषयमा कम्पनी एवं व्यक्ति दुवैलाई जानकारी गराइसकेको छ। 'हामीले उहाँहरुलाई यसबारेमा पत्र पठाइसकेका छौं,' कार्यालय स्रोतले भन्यो, 'करदाताले आय विवरण प्रस्तुत गर्दा खर्च देखाउन नपाइने रकमलाई खर्चमा गणना गरेको र आय विवरणमा समावेश गर्नुपर्ने केही विषय समावेश नगरेकाले अहिले थप कर निर्धारण भएको हो।'
कर कार्यालयले आर्थिक वर्ष २०७२/७३ का फाइलहरुको कर परीक्षण गर्ने क्रममा यो समूहको समेत फाइल अध्ययन गरेको थियो। त्यस क्रममा व्यावसायिक सम्पत्तिको हित निसर्गबाट प्राप्त आयमा तिर्नुपर्ने कर तिरेको नपाइएपछि थप अध्ययन अघि बढाइएको थियो। त्यसै क्रममा थप कर निर्धारण भएको हो।
समूह अन्तर्गत काठमाडौं, वीरगन्ज, धनगढी तथा बारा लगायतका ठाउँमा दर्जनभन्दा बढी औद्योगिक तथा व्यापारिक प्रतिष्ठान छन्। यो समूहले जलविद्युत लगायतका क्षेत्रमा मोतीलाल र मालचन्द नाताले काका-भतिज हुन्।
दुगड समूह अन्तर्गत बारा र मोरङमा रहेका अचल सम्पत्तिको स्वामित्व हस्तान्तरणबाट प्राप्त आयमा कर दाखिला नभएको भेटिएको हो। 'सम्पत्तिको बिक्रीमा भएको आयमा जति कर बुझाउनुपर्ने थियो, त्यो बुझाएको देखिएन,' स्रोतले भन्यो, 'त्यसैलाई आधार मानेर कर निर्धारण गरिएको हो।'
एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगड र उनका छोरा विवेक दुगडले यस अन्तर्गका विभिन्न औद्योगित तथा व्यापारिक प्रतिष्ठान सम्हालिरहेका छन्। यो समूह अन्तर्गत काठमाडौं, वीरगन्ज, धनगढी तथा बारा लगायतका ठाउँमा दर्जनभन्दा बढी औद्योगिक तथा व्यापारिक प्रतिष्ठान छन्। यो समूहले जलविद्युत लगायतका क्षेत्रमा मोतीलाल र मालचन्द नाताले काका-भतिज हुन्। सनराइज बैंकमा मोतीलाल अध्यक्ष छन् भने मालचन्द सञ्चालक समिति सदस्य छन्। उनीहरुले नै व्यावसायिक सम्पत्तिको स्वामित्व बिक्रीमा प्राप्त आयमा कर नतिरेपछि कार्यालयले चार वर्षपछि निर्धारण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।