काठमाडौं–नेपाल एयरलाइन्सका जापान प्रतिनिधिबाट हिराचनलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्ने र नगराउने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
जापान उडानका तोकिएको शर्त पूरा गर्न नसकेको भन्दै नेपाल वायुसेवा निगमले देवमान हिराचनलाई जापान प्रतिनीधिबाट हटाएको थियो।
हिराचनलाई हटाउँदै निगमले सन्तोष पान्डेलाई नियुक्ति गरेको थियो। यसैगरी निगमले प्रतिनिधि कम्पनीको रुपमा भने जापानको एआइजे (एभिएशन इन्टरनेश्नल जापान) लाई नियुक्त गरेको थियो। उक्त निर्णयमा विरोध जनाउँदै हिराचनले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
उनले दर्ताका गरेको मुद्दामा सर्वोच्चका प्रधानन्याधीस चोलेन्द्र शम्शेर राणको एकल इजालसले हिराचलाई हटाउनु पर्ने कारण सहित उनलाई हटाने निर्णय कार्यन्यवन नगर्ने भन्दै अन्तरिम आदेश दिएको हो।
एयरलाइन्सले अगष्ट २९ अर्थात भदौ १२ गतेबाट जापाानको ओसाका उडान गर्ने तयारी गरेको छ।
हिराचनलाई हटाएपछि मात्रै जापानको ओसाका विमानस्थल ग्राउन्डह्यान्डलिङ गरिरहेको कम्पनीले समेत निगमलाई स्पष्टीकरण सोधिसकेको छ।
विमानस्थल ग्राउन्ड ह्यान्डलिङ गर्ने कम्पनीले समेत के कारण हिराचनलाई प्रतिनिधबाट हटाएको हो र नयाँ प्रतिनिधि पान्डे जापानको गृहमन्त्रालयमा सूचिकृत भए नभएको भन्दै स्पष्टकीरण सोधेको छ।
एयरलाइन्सको ६१ औं वार्षिक उत्सव लाई सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री केपी ओलीले समेत जापानको नारिता उडान नगरी किन आसोका उडान गर्न लागेको भन्दै प्रश्न गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।