काठमाडौं- टिभिएस मोटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्कालाई 'टिभिएस एनटर्क १२५' को ब्राण्ड एम्बेसडर अनुमोदन गरेको छ।
टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्सद्वारा उनीहरुलाई ब्राण्ड एम्बेसडरको घोषणा गरिएको हो।
यो टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको छ र यसमा स्टेट–अफ–आर्ट सिभिटिआई–आरइभिभी-३ भल्भ इन्जिन रहेको छ।
यस सहकार्यको बारेमा टिभिएस मोटर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस आर दिलिपले अघिल्लो वर्ष नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर 'टिभिएस एनटर्क १२५' सार्वजनिक गरेको बताए।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले लोकप्रिय ब्राण्ड–टिभिएस एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी युवाआइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँगको सहकार्यले ब्रान्ड प्रतिको विश्वास अझ बढ्ने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।