काठमाडौं- दसैं र तिहारको अवसरमा चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले नयाँ अफर ल्याएको छ। आन्तरिक पर्यटकलाई लक्षित गरी 'दसैं तिहार, दुई रात अफर' योजना ल्याएको छ।
असोज १ देखि कार्तिक मसान्तसम्म लागु हुने यस योजनाअन्तर्गत पर्यटकले प्रतिव्यक्ति दुई रात तीन दिनको प्याकेज निर्धारण गरिएको छ। जसअन्तर्गत पर्यटकले सौराहा घुम्नका लागि ९ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ।
प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्टसहित सम्पूर्ण सुविधा पाउने जङ्गल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए।
उनका अनुसार पर्यटकहरुले यो प्याकेजमा खानाका अलवा जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्।
'हामीले यस पटक जीप सफारीलाई प्राथमिकता दिएका छौं, तर अतिरिक्त शुल्क तिरेर हात्ती सफारी पनि गर्न सकिनेछ,' घिमिरेले भने, 'हामीले बिदाको समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका हौं।'
सहुलियत मूल्यमा स्विमिङ पुल, पूर्ण वातारण अनुकुलित कोठा, रेष्टुरेन्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको अन्य गतिविधिमा सहभागी हुनसक्ने बताइएको छ।
जंगल सफारी लजले विभिन्न सभा तथा गोष्ठीका लागि सेमिनार हलमा समेत यो अवधिभर छुट दिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।