काठमाडौं- टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्टलाई सम्मान गरेको छ। देशभरका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरमध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयस् उत्कृष्ट च्याम्पियन जोनका रुपमा टाटाले सम्मान गरेको हो। उत्कृष्ट सो डिलरलाई टाटा मोटर्सले टाटा एच-५ सम्मानस्वरूप प्रदान गरेको छ।
कार्यक्रममा टाटा मोटर्सका आई वि हेड (पार्टस्) श्री राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठद्घारा सयुक्त रुपमा हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टस्लाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए।
टाटालाई टाटा जेन्युईन पार्टस् नै सही भन्दै ग्राहकलाई सहजै स्पेयर पार्टस् उपलब्ध होस् भन्ने उद्देश्यले स्थानीय व्यवसायीसँग सहकार्य गदै देशभर टाटाका जेन्युईन पार्टस् उपलब्ध गराउन सहयोग गर्नेलाई प्रोत्साहान तथा सम्मान गर्ने क्रम जारी रहने कम्पनीले जानकारी दिएको छ।
कार्यक्रममा अझै थुप्रै च्याम्पियन जोन तथा रिटेलरहरुलाई लक्षित गरी विविध कार्यक्रमहरु ल्याईने सिप्रदी अटो पार्टसका महाप्रबन्धक युवराज बुढाथोकीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।