नयाँ दिल्ली- अनिल अम्बानीको ऋणमा डुबेको टेलिकम कम्पनी रिलायन्स कम्युनिकेसनको सहयोगी कम्पनी जिसिएक्स लिमिटेडले आफै टाट पल्टेको घोषणा गर्न माग गर्दै निवेदन दायर गरेको छ।
समुन्द्रमुनि रहेको संसारको सबैभन्दा ठूलो प्राइभेट केबल सिस्टम भएको जिसिएक्सले ३५ करोड डलर भुक्तानी गर्न असफल भएपछि टाट पल्टेको घोषणा गर्न चाहेको हो।
यसभन्दा पहिले यो सालको सुरुमा अनिल अम्बानीको कम्पनी रिलाययन्स कम्युनिकेसन (आरकम) ले आफैलाई टाट पल्टेको घोषणा गर्न माग गरेको थियो। ४५ हजार करोड रुपैयाँ कर्जा तिर्न असफल भएपछि रिलायन्स कम्युनिकेसन्सले इनसोल्वेसी एन्ड बैकरप्सी कोडको रुपमा असफल हुने अपिल गरेको थियो।
ऋणमा डुबेको रिलायन्स समूह आफ्नो सम्पत्ति बेचेर २१,७०० करोड रुपैयाँ जुटाउने लक्ष्य राख्दै आएको छ। हालैमात्र यही समूहको अर्को कम्पनी रिलायन्स नेवल एन्ड इन्जिनियरिङ लिमिटेडले पनि नगद संकटको सामना गर्दै आएको बताएको थियो।
उसले सेयर सदस्यका साथ एक सम्झौता गरेको जिसिएक्सले जुलाईमा भनेको थियो। यो सम्झौतापछि उनीहरुका लागि ब्यान्डको परिपक्वताका लागि सम्बन्धित विकल्पमा छलफल गर्न समय मिलेको थियो। यसपछि क्रेडिट रेटिङ्ग एजेन्सी मुडिज इन्भेस्टर्स सर्भिसले अघिल्लो महिना यसको रेटिङमा कटौती गरेको थियो। किनकि उक्त कम्पनी ३५ करोड डलर ब्यान्डको भुक्तानी दिन असफल भएको थियो।
जिसिएक्सले आफ्नो अन्य सहयोगीका साथ अदालतमा च्याप्टर ११ अनुसार ऋण तिर्न असफल (टाल्ट पल्टेको) संस्थाको सुरक्षा माग गर्दै निवेदन दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।