काठमाडौं–भारतीय दुई एयरलाइन्स कम्पनी सहित कुवेतको एउटा एयरलाइन्स कम्पनीले नेपाल उडानमा चासो देखाएको छ।
भारतीय दुई कम्पनी मध्ये २०७२ को भूकम्पपछि जहाज अभाव भएको भन्दै उडान बन्द गरेको स्पाइस जेटले भने नोभेम्बरदेखि उडानको तयारी समेत गरिसको छ।साथै भारतीय विस्तार एयरलाइन्सले काठमाडौं उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएको थियो।
मन्त्रालय मार्फत आएको पत्र अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेको छ। यसैगरी कुवेतको जजिरा एयरलाइन्सले पनि उडानको लागि चासो देखाउँदै पत्रचार गरेको छ।
केही समय आगाडि मात्रै कुवेतको वातानिया एयरले कुवेत–काठमाडौं–कुवेतको उडान बन्द गरेको थियो।
यसैबीच प्राधिकरणले भने उडानका लागि अनुमति मागेको थाई एयर एसियालाई भने तत्काल उडान अनुमतिदिन नसक्ने जनाएको छ।
एयर एसिया मलेसियाले नेपालको विमानस्थलाई तिर्नु पर्ने शूल्क नतिरी उडान बन्द गरेको कारण प्राधिकरणले तत्कालको लागि थाइ एयर एसियालाई भने उडान अनुमति दिन नसक्ने जानकारी गराएको छ।
यसैगरी युएरस बंगालले भने २०७४ चैतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरणका कारण जहाज दुर्घटना भएपछि उडान बन्द गरेपनि अझसम्म उडान गर्न चासो देखाएको छैन।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दर्जनभन्दा वटा विदेशी एयरलाइन्स कम्पनीले उडान गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।