काठमाडौं– नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै सुन्धारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ। मलको भुईंतल्लामा रहेको सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरसहित असोज ५ गतेदेखि मोबाइल मेला सुरु हुने भएको हो।
मेलामा मोबाइल खरिद गर्नेमध्येबाट एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ। त्यसैगरी एक जनालाई इन्डोनेसियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने एक जनालाई ल्यापटप वितरण गरिनेछ।
सबैभन्दा धेरै ब्रान्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्रान्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजार रुपैंयासम्मका मोबाइल फोनहरु उपलब्ध छन्।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ।
मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन बितरण गरिने आयोजकले जानकारी दिएको छ। मेलामा मोबाइल खरिद गर्दा मोबाइलको निशुल्क बीमा हुनेछ भने निशुल्क सिनेमा टिकट पनि उपलब्ध गराइनेछ ।
त्यसै गरी गल्फमा तोकिएको स्कोर गरी खरिद गरेको मोडलको अर्को एउटा मोबाइल निशुल्क पाउन सकिन्छ । मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १७ गतेसम्म लागू हुनेछन् ।
उल्लेखित अफरहरु सिटिसी मोबाइल हब सुनधाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा लागू हुनेछन् ।
मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्रान्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य बन्ने छ।
नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भस सेण्टर मोबाइल हबमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।