काठमाडौं- पूँजीबजार ओरालो लाग्ने क्रमले साताको पहिलो कारोबार दिन आइतबार पनि निरन्तरता पाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार नेप्से परिसूचक १६ दशमलव शून्य ५ अंकले घटेको छ।
आइतबार कारोबार रकममा पनि गिरावट आएको छ।
१ सय ६६ वटा कम्पनीको ८ लाख ४८ हजार ६ सय ६२ कित्ता सेयर ५ हजार ८ सय ९६ पटक किनबेच हुँदा २२ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार अन्य समुहको उपसूचक शून्य दशमलव ६८ अंकले बढेको छ भने बाँकी सबै समूको उपसूचक घटेको छ।
सबैभन्दा बढी निर्जीवन बिमा समूहको उपसूचक १२४ दशमलव २९ अंकले घटेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।