काठमाडौं- के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई प्रबल जनसेवा श्री पदकबाट सम्मान गरिएको छ।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उक्त विभूषणबाट सम्मान गरेकी हुन्।
देशको समग्र औद्योगिक तथा व्यवसायिक क्षेत्रमा योगदानको कदर स्वरूप दुगडलाई उक्त विभूषणबाट सम्मान गरिएको हो।
सन् १९८९ मा स्थापना भएको दुगड ग्रुपले खाने तेल, खाद्यान्न, प्याकेजिङ, हाइड्रोपावरमा लगानी गरेको छ।
यसका साथै हर्बल, निर्माण र बैंकिङ तथा वित्तीय क्षेत्रमा समेत ग्रुपको लगानी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।