काठमाडौं- धितोपत्र दलाल व्यवसायीको काम गर्दै आएको सगरमाथा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर १८) लाई नेपाल स्टक एक्सचेन्जले निलम्बन गरेको छ।
नेप्सेका अनुसार उक्त दलाल कम्पनीलाई १ दिनका लागि सदस्यता निलम्बन गरिएको हो।
नेप्सेको निलम्बनपछि सगरमाथा सेक्युरिटिजले असोज ७ गते मंगलबार धितोपत्रको कारोबार गर्न पाउने छैन।
धितोपत्र बजारको सदस्यता तथा कारोबार नियमावली २०५५ को व्यवस्था विपरीत कार्य गरेका कारण सदस्यता निलम्बन गरेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।