काठमाडौ–जलवायु परिर्वतनको असर खाद्यबाली र फलफुलमा परेको अनुमान गरिँदै आएको छ।
पृथ्वीको तापमान थप वृद्धि भएमा खाद्यान्नको उत्पादनमा थप कमी आउने पनि अनुमान छ।
तर गहुँसम्बन्धी एक अध्ययनको निष्कर्ष भने अपेक्षा गरिएभन्दा फरक आएको छ।
गहुँमा जलवायु परिर्वतनको दुष्प्रभावबाट बच्न सक्ने गुण हुन सक्ने सो अध्ययनको निष्कर्ष छ।
गहुँ र अन्य खाद्यान्नको जङ्गली बिउमा यस्तो आनुवंशिक गुण हुने निष्कर्षमा २८ वर्ष लामो वैज्ञानिक अध्ययन पुगेको हो।
अध्ययन गर्दा यी बिउहरुमा जलवायु परिर्वतनसंगै आफूलाई बदल्न सक्ने गुण भेटिएको देखिएको छ।
२८ वर्षसम्म गरिएको सो अध्ययनले जंगली गहुँमा मौसमको परिर्वतनसँगै आफूलाई पनि त्यही रुपमा ढाल्ने शक्ति देखिएको छ।
शोधकर्ताले लगातार बढीरहेको तापमानको बारेका जङ्गली गहुँमाथि अध्ययन गरेका थिए।
‘एग्रिकल्चर एन्ड एग्री–फुड क्यानडा’का वैज्ञानिकले यस अध्ययनमा संलग्न र मुख्य लेखक योग वी फूले भनेका छन्, ‘यो अध्ययनले हामीलाई धेरै उत्साही गराउने नतिजा प्राप्त भएको छ।’
वैज्ञानिकहरुले २८ वर्षसम्म २८ पीढीका रुख र पातहरुको अध्ययन गर्दा बाहिरी वातावरण अनुसार परिर्वतन भएको पाइएको बताइएको छ।
टिमको अध्ययनमा फरक-फरक नमुनाले फरक नतिजा दिएका थिए।
केही खाद्यान्नका बिरुवाहरु वातावरण अनुसार परिर्वतन भएका थिए भने केही चाहिँ त्यसमा संर्घष गरिरहेका पाइएका थिए।
यो अध्ययनमा इजरायका १० प्रजातिका गहुँहरु पनि समावेश गरिएको थियो।
डा फुका अनुसार तीन दशकमा पृथ्वीको तापमान २ डिग्री सेल्सियस बढेको छ।
‘यो निकै उत्साहजनक छ किनभने यसको आफू अनुकुल रुपमा विकास गर्न सकेको छ,’ डा फू ले भने, ‘हामीले प्राकृतिक र जङ्गली दुवै रुपमा उत्पादन भएका खाद्यबाली जोगाउने प्रयास जारी राख्न जरुरी छ।’
भविष्यमा हुने जलवायु परिर्वतनको हिसाबले आफै त्यसमा परिर्वतन हुन सक्ने क्षमता खाद्यबालीमा हुने सक्ने यो अध्ययनको निष्कर्ष छ।
डा फूले बेलायतका वैज्ञानिकसँग गरेका कामपछि यो दाबी गरेका हुन्। बालीमा रोगको प्रतिरोधी क्षमता ल्याउनका लागि उनले निर्माण गरेको जङ्गली बिरुवाबाट रोग–प्रतिरोधी जिन क्लोन निर्माण गर्ने प्रयास भईरहेको छ।
यही प्रक्रियाबाट जलवायु परिर्वतनमा हुने असरबाट बच्न क्रस बिडिङ्ग प्रक्रिया अवलम्बन गर्न सकिने उनको भनाइ छ।
गेम चेन्जर हुनसक्छ शोध
संयुक्त राष्ट्रले २०५० सम्म जनसंख्यालाई खाद्यान्न पुर्याउन गहुँको उत्पादन हालको भन्दा ६० प्रतिशत वृद्धि गर्नुपर्ने अनुमान गरेको छ।
२०१६ मा रोयल सोसाइटी बायोलोजी लेटर्स जर्नलमा प्रकाशित अध्ययनमा संसारका लागि पर्याप्त भोजन प्राप्त नहुने दाबी गरिएको थियो। यसको एउटै कारण जलवायु परिर्वतन भनिएको थियो।
अमेरिकी शोधकर्ताको टीमले गरेको एक अध्ययनमा सन् २०७० सम्म जलवायु छिटोछिटो परिर्वतन हुने तथा घाँस र अन्य बालीले आफूलाई त्यही रुपमा ढाल्न नसक्ने दाबी गरिएको थियो।
भविष्यमा यस प्रकारको खतराको सामाना गर्न नसक्ने खाद्य प्रजातीमा गहुँ, मकै, चामल र अन्य खाद्यबाली भएको दाबी उक्त अध्ययन गरेको थियो। तर यो अध्ययनपछि भने सो निष्कर्ष परिर्वतन हुनसक्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।