एलजीका स्मार्ट टिभी किन्दा सित्तैमा प्रभु टिभी

नेपाल लाइभ | २०७६ असोज ६ सोमबार | Monday, September 23, 2019 २०:४१:०० मा प्रकाशित

काठमाडौं- एलजी नेपालले यस चाडपर्वको अवसरमा नयाँ बिक्री अफर सार्वजनिक गरेको छ। 

हरेक एलजी टेलिभिजनको खरिदमा ६ महिनाको लागि प्रभु टिभी एपको सदस्यता सित्तैमा प्रदान गरिने एलजी नेपालले जानकारी दिएको छ। 

यो सुविधा एलजीका पुराना ग्राहकलाई पनि उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ। 

यो योजना असोज १ देखि लागु गरिएको बताइएको छ। 

प्रभु टिभी एप प्रयोगकर्ताहरुलाई ६ महिनासम्म निशुल्क सदस्यता प्रदान एलजी नेपालको एकमात्र कम्पनी भएको दाबी गरेको छ।