काठमाडौं- दसैंका लागि लक्षित गर्दै गत आइतबारदेखि टिकट बुकिङ खुलेको छ।
यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालाहरुको बैठकले यात्रुको सहज यात्राका लागि आवश्यक पर्ने विषयहरु सम्बोधन गर्ने सहमति समेत भएको थियो।
यातायात व्यवसायीले टिकट बुकिङसँगै वर्षाका कारण भत्किएका र निर्माणका क्रममा लथालिंग सडक मर्मत गर्न सरकारलाई आग्रह गरेका थिए।
सरकारले बिक्रीएका बाटो बनाए व्यवसायीहरु सवारी चलाउन तयार रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
दसैंमा काठमाडौंबाट सबैभन्दा धेरै यात्रु बाहिरिने गरेका छन्। त्यसका लागि गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी, बल्खुलगायत स्थानबाट टिकट गरिँदै आएको छ।
दसैं मनाउन यस वर्ष उपत्यकाबाट २० लाखभन्दा बढी मानिस बाहिरिने गरेको आँकलन गरिएको छ।
अनलाइन टिकट बुकिङ कुरा हरेक वर्ष उठ्ने गरेको भएपनि कार्यान्वयन गर्ने विषयमा कुनै छलफल समेत हुन सकेको छैन।
यात्रुको चाप धेरै हुने दसैंको समयमा यात्रु ठगिने सम्भावना समेत धेरै हुन्छ। यी विषय सहित दसैंमा यात्रुलाई कसरी सुरक्षित रुपमा गन्तव्यमा पु¥याउनु हुन्छ? भन्ने विषयमा नेपाल लाइभका सुमन शर्माले नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासँग गरेको भिडियो अन्तर्वार्ताः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।