काठमाडौं- एक अर्ब रुपैयाँ बराबरको ‘सनराईज फस्र्ट म्युचुअल फण्ड’ निष्काशन गरिएको छ। सनराइज क्यापिटलद्वारा व्यवस्थापन गरिने सो फन्ड सनराईज बैंकद्वारा प्रवर्द्धन गरिएको हो।
१० वर्षे बन्दमुखी योजनाको १० रुपैयाँ अंकित दरका १० करोड इकाइमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सनराईज बैंक लिमिटेडका लागि छुट्याई बाँकी ८ करोड ५० लाख इकाई बुधबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ।
योजना व्यवस्थापन गर्ने सनराईज क्यापिटलले केयर रेटिङबाट एएमसी ३ रेटिङ पाएको छ।
यो म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४ दशमलव २९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ। यसमा लगानी गर्न चाहने लगानीकर्ताले असोज ८ देखि कार्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।