काठमाडौं- म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको मतदान सम्पन्न भएको छ।
मतदानमा ६ सय २१ मत खसेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए। मतगणना भने ९ बजे सुरु हुने बताइएको छ।
नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार फोरमबाट विष्णुप्रसाद गैह्रे र नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार मञ्चका तर्फबाट सरोजकुमार पोखरेल छन्।
लोकतान्त्रिक वैदेशिक रोजगार फोरमबाट घोषित विष्णु गैरे प्यानलमा प्रथम उपाध्यक्षका लागि कमल तामाङ, द्धितिय उपाध्यक्षमा कमल देव मल्ल, तृतिय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिव मेघनाथ भुर्तेल, कोषध्यक्षमा इन्दिरा गुरुङसहित १७ सदस्य छन्।
प्रगतिशील वैदेशिक रोजगार मञ्चबाट घोषित सरोजकुमार पोखरेल समूहको प्यानलमा प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे, द्धितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सञ्जु गुरुङ र कोषाध्यक्षमा तेज माया लिम्बुसहित १७ सदस्य छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।