काठमाडौं- विश्वका विभिन्न देशबाट नेपाल भ्रमण आउने बाह्य पर्यटकको संख्यामा ९ प्रतिशतले बढेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि अगष्टसम्ममा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ७ लाख ४२ हजार ६ सय पुगेको छ।
गत वर्षको सोही अवधिमा नेपाल भंमणमा आउने पर्यटकको संख्या ६ लाख ८० हजार ९ सय ७४ थियो।
पहिलो नम्बरमा भारतीय पर्यटक
सन् २०१९ को जनवरीदेखि अगष्टसम्मा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या सबै भन्दा बढी छ।
यस अवधिमा १ लाख ४२ हजार २ सय ८६ पर्यटक नेपाल भ्रमण आएका छन्।
यो संख्या गत वर्षको सोही अवधिको भन्दा ६ दशमलव १ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा १ लाख ३४ हजार ५२ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए।
दोस्रो बढी पर्यटक आउने सूचीमा चीन रहेको छ। सन् २०१९ को जनवरीदेखि अगष्टसम्ममा १ लाख ६ हजार ५० रहेको छ।
गत वर्षको सोही अवधिमा भने ९६ हजार ५ सय ५० चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए।
तेस्रो बढी पर्यटक आउने देशको सूचीमा अमेरिका परेको छ। अमेरिकाबाट २०१९ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ५८ हजार ६ सय २१ जना नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ।
अमेरिकाबाट गत वर्षको सोही अवधिमा नेपाल आउने पर्यटकको संख्या ५५ हजार ४ सय १ थियो।
यसैगरी बढी पर्यटक आउने देशको सूचिको चाथौं स्थान श्रीलंका रहेको छ। सन् २०१९ को जनवरीदेखि अगष्टसम्ममा श्रीलंकाबाट नेपाल भ्रमणमा आउनेको संख्या ४४ हजार ४ सय २८ पुगेको छ।
गत वर्षको सोही अवधिमा श्रीलंकाबाट नेपाल आउने पर्यटकको संख्या ३७ हजार २ सय २५ थियो।
पाँचौं बढी पर्यटक आउने देशको सूचिमा बेलायत रहेको छ। बेलायतबाट सन् २०१९ को जनवारीदेखि अगष्टसम्म बेलायतबाट नेपाल भ्रमणमा आउने संख्या ३६ हजार ९ सय ७२ पुगेको छ। गत वर्षको सोही अवधिमा भने बेलायतबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ३६ हजार ६ सय ३५ थियो।
(यसअघि यो समाचार शर्षकमा '८ महिना' हुनुपर्नेमा अन्यथा भएकाले पाठकमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै सच्याइएको छ -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।