काठमाडौं- मर्जरपछि आइतबारबाट एकीकृत कारोबार गर्न लागेका एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको सबै सेवा एक दिनका लागि बन्द हुने भएको छ।
यी दुई संस्था एक आपसमा गाभिई एनएमबी बैंक लिमिटेडको नामबाट असोज ११ गतेबाट एकीकृत कारोबार गर्दैछन्।
गाभिएपछि दुईवटै संस्थाको तथ्यांकलाई एकिकृत गरि एउटै कोर बैकिङ सफ्टवेयरबाट कारोबार गर्नुपर्ने भएकाले बैंकको सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैँकिङ, मोबाईल बैंकिङ, एटिएम, पिओएस मेसिन, रेमिटेन्स सेवा तथा बैंकले विद्युतीय माध्यामबाट प्रदान गर्ने सेवालगायत सम्पूर्ण बैकिङ कारोबार बन्द गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।