काठमाडौं- नेपाल टेलिककले दसैं अफर योजना सार्वजनिक गरेकको छ।
विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको हो।
कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ।
यीमध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात् असोज १२ देखि नै लागू भएका छन्।
यस्ता छन् अफर
१. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन। अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ। ग्राहकले *४४४# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नु हुनेछ।
२. पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ। यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ। हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *४४४# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नुहुनेछ।
३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ। यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ। आफ्नो मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा गलकगद mअब लेखेर ज्ञद्धण्ण् मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ। साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ।
४. प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ। आफ्नो मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ। साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ।
मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ।
५. रिचार्जमा बोनस- जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ।
महान् पर्व विजया दशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ। यस योजनामा रु. ५०।-, १००।- र २००।- को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।- र १०००।- को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ। रु. ५०, १००।- र २००।- को बोनस ३ दिन भित्र र रु. ५००।- र १०००।- को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ।
त्यसैगरी एमपोसबाट रु. १०।- देखि ४९९।- सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।- वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ। सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।