काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सक्न ठेकेदार नियुक्त भएको छ। चिनियाँ कम्पनी सिनो हाइड्रो र आयोजनाबीच सुरुङको बाँकी काम गर्न ठेक्का सम्झौता भएको हो।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेसप्रसाद खत्रीका अनुसार ८५ करोड १ लाख रुपैयाँमा सम्झौता भएको छ। ठेकेदार कम्पनीले दशैं लगत्तै आयोजनाको काम अघि बढाउनेछ।
इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्नाले अलपत्र पारेर छाडेको काम सक्न नयाँ ठेकेदार नियुक्त गरिएको हो। सिएमसीले गत वर्षको मंसिरमा आयोजनाको काम छाडेको थियो।
मेलम्चीको सुरुङ खन्ने काम सकिएको भए पनि त्यसको फिनिसिङ र आयोजनाको मुहान निर्माणको काम सम्पन्न गर्न बाँकी छ।
मुहान निर्माणका लागि पनि छिट्टै ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।