काठमाडौं- देव विकास बैंकका ग्राहकले सेल पेमा आबद्ध हुने बितिकै एक सय रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने भएका छन्।
देव विकास बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सेलपेसँग सहकार्य गर्दै यस्तो व्यवस्था गरेको हो। सो सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र सेल पेका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
बैंकका ग्राहकले सेल पेमार्फत् बिलको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन्।
मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्ने सेल पेले ग्राहकका सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको छ।
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको सेलपेमार्फत तत्काल भुक्तानी सुविधा रहेको छ।
सेलपेमार्फत् मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिललगायत बिल भुक्तानी गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।