काठमाडौं- सरकारले सबै प्रदेशमा ‘टुरिजम् पार्क’ निर्माण गर्ने तयारी गरेको छ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले सबै प्रदेशमा ‘टुरिजम पार्क’ निर्माण गर्ने तयारी गरिएको बताएका हुन्।
आइतबार काठमाडौंमा संचारकर्मीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले त्यसका लागि सबै प्रदेशलाई पार्क बनाउने जग्गाको व्यवस्था गरिदिन आग्रह गरिएको पनि बताए।
'‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले पूर्वाधार विकासमा जोड दिइरहेको छ,' राष्ट्रिय कार्यक्रम संयोजक वैद्यको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका वैद्यले पूर्वाधारको विकास गरेर नै नेपालमा बाह्य पर्यटकहरुको आगमनलाई बढाउन सकिने पनि बताए।
उनले त्यसका लागि टुरिजम पार्क निर्माण गर्न बाह्य लगानीको खोजी भइरहेको पनि बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।