काठमाडौं- देशका विभिन्न जिल्लाबाट दसैंका लागि मात्रै ४ दिनमा १७ हजार भन्दा बढी खसी तथा बोका उपत्यका भित्रिएका छन्।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार असोज १३देखि १६ गतेसम्म गरी १७ हजार ३ सय ५९ वटा खसी तथा बोका उपत्यका भित्रिएको हो।
जसमा १३ गते २ हजार ५ सय ४१, १४ गते ३ हजार ५ सय ४७, १५ गते ५ हजार २ सय २४ र १६ गते ६ हजार ४७ वटा खरी तथा बोका उपत्यका भित्रिएको हो।
यसैगरी ४ दिनकै अवधिमा च्यांग्रा १ हजार ९ सय ९९, भेडा १ सय ४९, राँगा तथा भैसी ५ सय २० र बोइलर १ हजार ८ सय ३४ वटा भित्रिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।